Advertisement
Advertisement
Advertisement
Advertisement

नयाँ जीवन पाएकी फूलकुमारीलाई थप सहयोग जुट्यो

  |      23:06:00   |  
नयाँ जीवन पाएकी फूलकुमारीलाई थप सहयोग जुट्यो

भदौ ३०, झापा ।  आन्द्रामा क्यान्सर भएर थलिएकी फूलकुमारी राजवंशीको स्वास्थ्योपचारका लागि क्यानाडाबाट उमादेव राई र नरमाया राईले सहयोग रकम प्रदान गर्नुभएको छ । 

 

बाह्रदशी गाउँपालिका–७ डाँगीबारी निवासी फूलकुमारीको आर्थिक अवस्था कमजोर भएको र दैनिकी टार्न नै समस्या भएको समाचार राष्ट्रिय समाचार समितिले यसअघि प्रकाशन गरेपछि उनलाई फलफूल र पौष्टिक आहारका लागि राई दम्पतीले सहयोग स्वरुप रु १० हजार प्रदान गर्नुभएको हो । 

 

राई दम्पतीले पठाएको सहयोग रकम गौरीशंकर माध्यमिक विद्यालयकी शिक्षक रुपा राईले सामाजिक अभियन्ता टोम राजवंशी र उहाँकी आमालाई प्रदान गर्नुभएको थियो । 

फूलकुमारीको उपचारका लागि राजवंशीलगायतका केही युवाले फेसबुकमार्फत ‘फूलकुमारी बचाऊ अभियान’ सञ्चालन गरेका थिए । अभियानबाट रु दुई लाख ४० हजार जुटेपछि फूलकुमारीको आन्द्रामा भएको क्यान्सरको उपचार गरिएको थियो । उपचारपछि उनले नयाँ जीवन पाएकी छिन् । 

 

राससले ‘फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन’ शीर्षकमा समाचार प्रकाशन गरेपछि राई दम्पतीले मात्र होइन बाह्रदशी गाउँपालिका–७ का अध्यक्ष मित्रप्रसाद भट्टराईले पनि बिहीबार उनी अध्ययनरत विद्यालय गौरीशंकर माविमा पुगेर रु १२ हजार प्रदान गर्नुभएको थियो । 

 

उहाँले विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल, अध्यक्ष महेशकुमार झा, फेसबुक अभियान सञ्चालक टोम राजवंशी र फूलकुमारीकी आमालाई सो रकम संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । 

 

३८ विद्यार्थीलाई सौर्य टुकी प्रदान 

यसैबीच, कनकाई नगरपालिका–७ दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीलाई सौर्य टुकी वितरण गरिएको छ । 

विद्यालयमा अध्ययनरत ३८ जना गरिब, असहाय, जेहेन्दार तथा विद्युत्को पहुँच नभएका विद्यार्थीलाई अध्ययन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सौर्य टुकी वितरण गरिएको हो । 

 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ‘शिक्षाको लागि उज्यालो कार्यक्रम’ अन्तर्गत विद्यार्थीलाई टुकी वितरण गरेको हो । स्रोेतव्यक्ति मेदनी पाठकको प्रमुख आतिथ्यमा विद्यार्थीलाई सौर्य टुकी वितरण गरिएको विद्यालयका शिक्षक पूर्णबहादुर कटुवालले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement