Advertisement
Advertisement
Advertisement
Advertisement

धौलागिरि बहुमुखी क्याम्पसमा छात्रावासको शिलान्यास

  |      21:04:00   |  
वेब तस्विर
वेब तस्विर
जेठ ३०, गलकोट । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । 
 
साविक धौलागिरि अञ्चलका छात्राहरुलाई क्याम्पस अध्ययनका लागि आवासीय  सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छात्रावास भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले शिलान्याश गर्नुभएको हो । क्याम्पसले हाल सामान्य रुपमा केही छात्रहरुलाई मात्र आवासीय सेवा दिने गरेको थियो । अहिले क्याम्पसले पहिलोपटक छात्राहरुलाई लक्षित गरी छात्रावास सञ्चालन गर्नका लागि भवन निर्माण गर्न लागेको धौलागिरि बहुमुखी क्याम्पसले जनाएको छ । 
 
पाँच तलाको भवन बनाउने लक्ष्य रहेको छात्रावासको यो वर्ष पहिलो तला मात्र निर्माण गरिने क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताउनुभयो । हाल त्रिभुवन विश्वविद्यालयमार्फत आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेट रु ५४ लाख ९८ हजारले पहिलो तला निर्माण गरिने जनाएको छ ।
 
उपकुलपति खनियाले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि आवासीय सुविधाले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप निर्माण सम्पन्नका लागि थप बजेटको निकासाका लागि सक्दो सहयोग गने प्रतिबद्धता जनाउनुभयो । लक्ष्यअनुरुपको पाँचतले छात्रावास निर्माण गर्न करीब रु पाँच करोड खर्च लाग्ने क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो । धौलागिरि बहुमुखी क्याम्पसमा चारवटा सङ्कायमा झण्डै एक हजार ७०० विद्यार्थी अध्ययनरत छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement