Advertisement
Advertisement
Advertisement
Advertisement

धनतेरसमा चाँदी किन्दै हुनुहुन्छ ? यसरी चिन्नुहोस् असली

  |      09:24:00   |  
Silver Coin
Silver Coin

काठमाडौं । तिहारमा धनतेरस मनाइन्छ । यो विशेष अवसरमा अधिकांश नेपालीहरुले सकेजति धनसम्पत्ति जोड्ने चलन छ । त्यसमा पनि सुनचाँदीको सामान बढी खरीद हुन्छ । तर, सबैसँग धेरै सुनचाँदी खरीद गर्ने पैसा हुन्न । यही कारण अधिकांश नेपालीको छनौटमा यो दिन चाँदीका सिक्का र अन्य सामानहरु पर्छन । तर के तपाईले खरीद गर्ने चाँदीको सिक्का सक्कली हो या नक्कली कहिले जाँच गर्ने गर्नुभएको छ ? हतारमा चाँदीको सिक्का भनेर अन्य कुनै कमसल धातुको सिक्का ल्याउने गल्तीबाट बच्नुपर्छ, किनभने यही मौकामा कतिपय सुनचाँदी व्यवसायीले तपाईलाई ठगी पनि गरिरहेका हुनसक्छन् । उसो भए चाँदीको शुद्धता कसरी जाँच्ने त ? आउनुहोस्, हामी बताउँछौ असली चाँदीको पहिचान गर्ने केही पुरातन र आधुनिक विधिको बिषयमा :
 

शुद्धताको छाप
सुनजस्तै चाँदीको पनि हलमार्किङ(छाप) हुन्छ । सुनमा शुद्धताका लागि जसरी क्यारेटको हिसाब गरिन्छ, त्यसैगरी चाँदीमा शुद्धताका लागि प्रतिशतलाई आधार मानिन्छ । चाँदीको बिस्कुटमा स्पष्ट रुपमा शुद्धता लेखिएको हुन्छ । जस्तै,  ९९.९ प्रतिशत वा ९५ प्रतिशत ।

 

आवाजमा ध्यान
असली र नक्कली चाँदीको सिक्काको पहिचान त्यसबाट उत्पन्न हुने आवाजबाट पनि गर्न सकिन्छ । कुनै धातुमा चाँदीको सिक्का गिराउँदा कडा आवाज आउँछ । तर नक्कली सिक्का  फलामको जस्तै बज्छ ।

 

थर्मल कण्डक्टिविटी टेस्ट
चाँदी थर्मल इनर्जीको सबैभन्दा राम्रो सूचालक हो । चाँदी असली या नक्कली के हो भनेर छुट्याउन एक बरफलको टुक्रा चाँदीमा राख्नुहोस् । कुनै अर्को धातुको तुलनामा चाँदीमा राखिएको बरफ तेज गतिमा पग्लिन्छ । किनभने थर्मल इनर्जी तीव्र गतिमा बरफमा टान्सफर हुन्छ ।

 

म्याग्नेट परीक्षण
चाँदी चुम्बकीय धातु होइन । यो  टेस्टका लागि तपाईलाई  सामान्य भन्दा बढी शक्तिशाली चुम्बको जरुरी हुन्छ । यस्तो चुम्बक तपाईले हार्डवेयरबाट पाउन सक्नुहुन्छ । नक्कली चाँदी चुम्बकतर्फ बढी  आकर्षित हुन्छ । तर असली चाँदी चुम्बकतर्फ आकर्षित हुँदैन ।

 

केमिकल परीक्षण
यदि चाँदीको सिक्कामा शुद्धताको कुनै छाप  लगाइएको छैन भने असली र नक्कली छुट्याउन तपाईंले केमिकल परीक्षणको विधि समेत अपनाउन सक्नुहुन्छ । सिल्भर केमिकल  टेस्ट समेत खरीद गर्न सकिन्छ । केमिकल टिस्ट किटमै परीक्षणको सबै प्रक्रिया र विधि लेखिएको हुन्छ । तर यस्तो
तपाईंले खरीद गरेको चाँदीमा नोक्सानी समेत पुग्नसक्छ । यदि तपाईंको साथमा  राम्रो चाँदी छ र  तपाईं आफ्नो टेस्टबाट  चाँदीको  प्रोडक्टमा कुनै दाग नरहोस् भन्ने चाहनुहुन्छ भने यो विधि अनपाउँदा नै राम्रो हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement