असार २०, धनकुटा। धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताउनुभयो । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएछ ।
धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट रु छ लाख ३८ हजार रकम उठ्न बाँकी छ । असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले बताउनुभयो । नगरपालिकाको महसुलबापतको रु २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।
पछिल्लो समय महशुल नबुझाउने ग्राहकको संख्या बढ्दै गएको छ । महसुल बुझाउन ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ ।
विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन्।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...