Advertisement
Advertisement
Advertisement
Advertisement

देशभरिकै अदालतमा माफियातन्त्र मौलाएको प्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणी

  |      09:05:00   |  
प्रधानन्यायाधीश सुशीला कार्की
प्रधानन्यायाधीश सुशीला कार्की

पर्सा । प्रधानन्यायाधीश सुशीला कार्कीले देशभरिकै अदालतमा कानुन व्यवसायीको नाममा माफियातन्त्र मौलाएको टिप्पणी गर्नुभएको छ । उहाँले व्यापारमा तस्करी मौलाउँदै गएजस्तै अदालतमा अधिवक्ताबीच माफियातन्त्रको ग्रहण लाग्न सुरु भएको धारणा राख्नुभयो ।

अठ्सट्ठीऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा नेपाल बार एसोसिएसनअन्तर्गतको मानवअधिकार तथा जनसरोकार समितिले शनिवार वीरगन्जमा आयोजना गरेको मानवअधिकारसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले बिचौलियातन्त्रको प्रवेशले कानुन व्यवसायीको भूमिकालाई गौण बनाउने भएकाले यसबाट सबै कानुन व्यवसायी सचेत हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्र निर्माणका लागि शान्ति, समृद्धि र सामाजिक सद्भाव कायम गर्न जरुरी रहेको र यसका लागि भ्रष्टाचारमुक्त समाज निर्माण आवश्यक रहेकोे बताउनुभयो ।

प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचार, अनियमितता र विकृति मुलुकमा कायम रहेसम्म राष्ट्र प्रगतिपथमा अगाडि बढ्न नसक्ने भएकाले समाजमा समानता, सद्भावलाई कायम राख्न भ्रष्टाचारको अन्त्य अपरिहार्य हुन्छ भन्नुभयो ।

उहाँले समाजमा रहेको विभेदलाई अन्त्य गरी संविधान कार्यान्वयन गर्न सबैका लागि आवश्यक भएकाले राष्ट्र निर्माणका लागि सबै राजनीतिक दलले एकता प्रदर्शन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement