Advertisement
Advertisement
Advertisement
Advertisement

'देशभरका ६ लाख कपर नेटवर्कलाई अबको चार वर्षमा फाइवर नेटवर्कमा ल्याउँछौ' : सविना मास्के प्रधान

  |      17:01:00   |  
 'देशभरका ६ लाख कपर  नेटवर्कलाई अबको चार वर्षमा फाइवर नेटवर्कमा ल्याउँछौ' : सविना मास्के प्रधान

साउन २१, काठमाडौं । काठमाडौंको छाउनीस्थित नेपाल टेलिकमको वायरलाइन  तथा ग्राहक सेवा निर्देशनालयको मर्मत सम्भार तथा संचालन बिभागको प्रबन्धकका  रुपमा कार्यरत सविना मास्के प्रधान  हाल नेपालभर रहेका भ्वाइस नेटवर्कका ६ लाख सब्सक्राइवरलाई नेपाल टेलिकमको लक्ष्य अनुरुप अबको चार बर्षभित्र  फाइवर नेटवर्कमा ल्याउने तयारीमा जुटेकी छिन् ।

हाल नेपालभर रहेका भ्वाइस नेटवर्कका ६ लाख सब्सक्राइवर मध्ये फाइवर नेटवर्कमा  ६० हजार माइगे्रट भइसकेका छन भने बाँकी ५  लाख ४० हजारलाई पनि चार बर्षभित्रै सबै फाइवर नेटवर्कमा ल्याउने नेपाल टेलिकमको योजना छ । सोही अनुरुप नेपालको पूर्वदेखि पश्चिमसम्म ब्रोडव्यान्ड निति अनुसार  फाइवर नेटवर्क FTTH ( Fiber to the home)को काम भइरहेको छ ।  

जीवनका २५ औं वसन्त नेपाल टेलिकमका विभिन्न शाखामा रहेर काम गरिसकेकी सविना मास्के हाल नेपाल टेलिकमको वायरलाइन  तथा ग्राहक सेवा निर्देशनालयमा  दशौं तहको कर्मचारी भएर काम गर्छिन् । सातौं तहको जिम्मेवारी लिएर नेपाल टेलिकममा प्रवेश गरेकी मास्के जीवनका अनेकन उतर चढावमा समेत हार नखाइ काम गरेका अनुभव सहित नेपालमा टेलिकम्युनिकेसनका बारेमा उनले  नेप्लिज वुमनसँग साटेकी छिन्। 

सरकारी कार्यलयबाट गरिने काम त्यति चुस्त हुन नसकेको गुनासा धेरै आउने गरेको सुन्नमा आएपनि नेपाल टेलिकमले भने टेलि कम्युनिकेसनको क्षेत्रमा विकसित देश सरह नै अपग्रेड भै सेवा दिईरहेको  मास्के दावी गर्छिन् । उनी भन्छिन्, 'नेपाल टेलिकम नयाँ टेक्नोलोजिमा समेत आफ्नो क्षमतालाई बढाउँदै अगाडी बढीरहेको अर्गनाइजेसन हो । नेपाल टेलिकम बाहेक अन्य कम्युनिकेसन पनि नेपालमा छन् । तर नेपाल टेलिकम  व्यवसायिक मात्र नभएर सेवामुखी पनि  भएर अगाडी बढिरहेको छ ।' 

नेपाल टेलिकम  रेभिन्यु कम आउने क्षेत्रमा पनि सेवा दिने क्षमता राख्ने कम्पनी हो । नेपाल टेलिकमले भिस्याटको ट्रान्सपोर्ट मिडियम मार्फत पनि भ्वाइस तथा डेटाको आधारभुत सेवा दिइरहेको मास्केले बताइन् । रेडियोलिङ्क मार्फत पनि दुर्गम क्षेत्रमा आफ्नो सेवा प्रदान गर्न सक्नु नेपाल टेलिकमको अर्को सकरात्मक पक्ष हो। 

व्यवसायिक तथा  सेवाको भाव बोकर अगाडी बढाइरहेको नेपाल टेलिकम अन्तर्गतका टिडिएम एक्सचेन्ज अर्थात लेगेसि सिस्टम, एनजिएन, आइएमएस पिओआइ सिस्टम, इन्टरनेस्नल गेटवेय, एडिएसएल, एफटिटिएच, यी सिस्टमहरुको सम्पूर्ण मर्मत संभार तथा संचालन बिभागको प्रमुखको रुपमा  सविना मास्के प्रधान  छिन् । कम्पनीले दिने वायरलाईन सेवका  ग्रहाकहरुका गुनासा  देशभरका ७७ जिल्लाबाट आउने गरेका छन् । कम्पनीले दिने सेवामा कुनै पनि वाधा अड्चन नआओस भन्नका लागि सविना मास्के प्रधान आफ्नो बिभाग अन्तर्गतका System मा  आउने समस्याहरु   सक्दो चाँडो समाधान गर्ने बताइन् । 

नेपाल टेलिकमको वायरलाईन सेवा अन्तर्गतका हरेक इक्विपमेन्टलाई चुस्त दुरुस्त राख्ने योजनामा मास्के कटिवद्ध छिन् । उनी भन्छिन्, 'नेपाल टेलिकम कम्यिुनिकेसनको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने ठूलो माध्यम हो । आजको मितीसम्म नेपाल टेलिकम नागरिकलाई दिने भ्वाइस तथा डाटा सेवामा भरपर्दो माध्यमको रुपमा स्थापित भइसकेको छ ।'  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement