Advertisement
Advertisement
Advertisement
Advertisement

दुई वर्षमा ३२६ छोरीका खाता

  |      18:59:00   |  
वेब तस्विर
वेब तस्विर

►नृपेन्द्रबहादुर मल्ल

पुस १०, मुगु । मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पु¥याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् ।

नगरपालिकाले आर्थिक अभावमा विद्यालयमा बालिकालाई चाहिने किताब, कापीलगायत आवश्यकपर्ने अन्य स्टेशनरी सामान किन्न र विद्यालय पठाउन सहज होस भनेर आव २०७४÷०७५ बाट एक छोरी एक खाता कार्यक्रम शुरु गरेको थियो ।

पहिलो नगरसभाबाट एक छोरी एक खाता सञ्चालन कार्यविधि पारित गर्दै नगर क्षेत्रमा जन्मने छोरीको वित्तीय संस्थामा खाता खोल्ने, सो खातामा नगपालिकाले पाँच वर्षेसम्म नियमित रकम जम्मा गरिदिने र पाँच वर्षपछि विद्यालय भर्ना भएको भर्ना अभिलेख ल्याएमा उक्त खातामा रहेको रकम मासिकरुपमा झिक्न मिल्ने प्रावधानसहितको कार्यविधि पास गरेको थियो । 

नगरक्षेत्रमा छोराभन्दा छोरीको विद्यालय बीचैमा छोड्ने दर बढी देखिएको छ । विद्यालय छाड्नुमा आर्थिक अभावले कापी, कलम, पोशाक, अन्य खर्च गर्न नसक्नु र त्यसको पीडित छोरी हुने गरेकोले कार्यक्रम मार्फत छोरीको शिक्षामा पहुँच पु¥याउन नगरपालिकाले यो अभियान शुरु गरेको नगरप्रमुख हरिजंग शाहीले बताउनुभयो ।

नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको छायाँनाथ साकोससँग छोरीको खाता खोल्न सम्झौता गरेको छ । सहकारीले पाँच वर्षको अवधिमा बचत खाता खोलिदिने र नगरपालिकाले जम्मा गरिदिएको रकममा वार्षिक १३ प्रतिशत व्याज दिने गरेको छायाँनाथ सहकारीका व्यवस्थापक हरिबहादुर शाहीले बताउनुभयो । 

वडा कार्यालयको सिफारिस र जन्मदर्ताको प्रतिलिपिसहित नगरपालिकाको महिला तथा बालबालिका शाखामा खाता खोल्न छोरीका अभिभावकले छोरी जन्मेको ३५ दिनभित्र सम्पर्क गर्नुपर्छ । वर्षभरिमा जम्मा भएका छोरीको निवेदनलाई नगरसभाले छुटाएको बजेट दामासाहीका दरले भाग गरी सहकारीमा आर्थिक वर्षको अन्तमा खाता खोल्ने गरिएको छ ।

आव २०७४/०७५ मा नगरसभाले रु पाँच लाख रकम छुट्याएको र त्यो बेला १९४ छोरीका खाता खोलिएको थियो । सो समयमा प्रतिखाता दुई हजार ५८० का दरले रकम जम्मा भएको र आव २०७५/०७६ मा नगरसभाले एक छोरी एक खातालाई चार लाख छुट्याएकाले सो रकम आवेदन दिएका १३२ छोरीलाई भाग गर्दा प्रतिछोरीको खातामा तीन हजार ३० रुपैयाँ जम्मा भएको नगरपालिकाका लेखापाल जगतजंग रावलले बताउनुभयो ।

पहिलो नगरसभामा अनुभव नभएकाले कार्यविधिमा धेरै कुरा छुटेको अहिले महसुस भएकाले आगामी छैटौँ नगरसभामा छोरीलाई दामासाही भागभन्दा नियमित र नयाँ गरी दुई शीर्षकमा रकम विनियोजित गर्ने र मासिकरुपमा नियमित रकम जम्मा गर्ने व्यवस्था मिलाउने नगर प्रमुख शाहीले बताउनुभयो । चालू आवमा नगरपालिकाले एक छोरी एक खाताका लागि रु पाँच लाख रकम विनियोजन गरेको छ ।

कर्णाली प्रदेशभरिमै छोरीका लागि खाताको व्यवस्था गर्ने यो नै पहिलो स्थानीय तह हो । यही नगरपालिकाको सिको गर्दै कणाली प्रदेश सरकारले पनि यो आवबाट बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम शुरु गरेको छ । उसले यो आवबाट यो प्रदेशमा जन्मने छोरीलाई बैंकमा खाता खोलिदिने र उक्त खातामा मासिक सरकारले रु ५०० जम्मा गरिदिने भएको छ । यो कार्यक्रमका लागि प्रदेश सरकारले रु तीन करोड ८४ लाख रकम विनियोजित गरेको र मुगु जिल्लामा रहेका चार स्थानीय तहका लागि प्रतिस्थानीय तह तीन लाखका दरले १२ लाख छुट्याएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement