Advertisement
Advertisement
Advertisement
Advertisement

दस करोडको धुलो दूध आयात

  |      15:59:00   |  
वेब तस्विर
वेब तस्विर

असार २१, विराटनगर ।  प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ । 

 

प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले चालु आवको जेठ महिनासम्ममा उक्त परिमाणको धुलो दूध आयात गरिएको हो । 


चालु आवको जेठ महिनासम्ममा आयात गरिएको धुलो दूधबाट ३६ लाख ८६ हजार लिटर दूध उत्पादन हुनसक्छ । एककिलो ग्राम धुलो दूधबाट १२ लिटर दूध उत्पादन गर्न सकिन्छ । निजी डेरीले धुलो दूध प्रयोग गर्दा किसान समस्यामा परेका मन्त्रालयका उपसचिव डा अशोक सिंहले बताउनुभयो । 

 

धुलो दूधबाट दूध बनाउँदा स्वास्थ्यमा असर नपर्ने र धुलो दूध तथा गाईभैँसीको दूध छुट्याउन नसकिने पूर्वाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइराला बताउनुहुन्छ । अहिले सिरहा, सप्तरीलगायत पूर्वाञ्चलका जिल्लामा निजी डेरीले बिक्री गर्ने गरेको दूधको जाँच र अनुगमन शुरु गरिएको छ । 

 

गुणस्तरहीन दूध उत्पादन गर्ने ६ वटा व्यावसायिक फर्ममाथि मुद्दा दायर गर्ने तयारी भइरहेको कोइरालाले बताउनुभयो । प्रदेशका किसानले उत्पादन गरेको दैनिक रु एक करोड मूल्य बराबरको दूध बिक्री हुन नसकेको डा सिंहले बताउनुभयो । किसानले उत्पादन गरेको दुई लाख ८५ हजार लिटरभन्दा बढी दूधले बजार पाउन सकेको छैन । 

 

आर्थिक वर्ष २०७२।७३ मा भन्दा आव २०७३।७४ मा प्रदेशको दूध उत्पादन चार प्रतिशतले वृद्धि भएको उक्त मन्त्रालयको पशुपक्षी विकास महाशाखाले जनाएको छ । आव २०७३।७४ मा ५४ करोड ९७ हजार लिटर दूध उत्पादन भएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement