Advertisement
Advertisement
Advertisement
Advertisement

दलित छात्रालाई साइकल वितरण

  |      23:08:00   |  
दलित छात्रालाई साइकल वितरण

फागुन २४, लहान । महिला दिवसको अवसर पारेर आज सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरक्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १२० दलित छात्रालाई साइकल वितरण गरेको छ । 


‘लैङ्गिक समानताका लागि समान स्रोत र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा सांसद नविता चौधरी, प्रदेशसभा सदस्य रुवी कर्ण, नगर प्रमुख मुक्तिनाथ चौधरीलगायतले संयुक्तरुपमा दलित छात्रालाई साइकल वितरण गर्नुभयो । 


नगरपालिकाका ११ वटै वडामा रहेका माध्यमिक विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा नियमित अध्ययनरत १२० दलित छात्रालाई साइकल वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो । दलित समुदायमा बढ्दो बालविवाहलाई निरुत्साहित गर्दै दलित छात्रालाई नियमित विद्यालय पठाउन उत्प्रेरित गर्ने उद्देश्यले दलित छात्रालाई साइकल वितरण गरिएको उहाँले बताउनुभयो।


सो कार्यक्रममा स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलालाई सम्मान गर्नुका साथै २०७४ सालको एसइई परीक्षामा नगरक्षेत्रबाट सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पुरस्कृत गरिएको थियो । नगर उपप्रमुख विन्दा पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाकी नेत्री लक्ष्मी चौधरी, सबल नेपालकी अध्यक्ष जुना गिरी, वडा नं ४ का वडाध्यक्ष देवेन्द्र चौधरी, पत्रकार यमुना खनाललगायतले बालविवाह अन्त्यका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement