Advertisement
Advertisement
Advertisement
Advertisement

थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

  |      16:13:00   |  
वेब तस्विर
वेब तस्विर

कातिक ११, दाङ । दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । 


६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखाँै रुपैयाँ बचत गर्न सफल भएको छ । त्यसबाट थारू समुदायका महिला आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । 


वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा दुना–टपरी उद्योग खोलेका भैस्सकोर्माका महिलाले त्यसैबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । अहिले सो उद्योगबाट आफूहरूले रु पाँच लाख २६ हजार बचत गर्न सफल भएको बताउनुहुन्छ उद्योग सञ्चालक समितिका अध्यक्ष फुलकुमारी चौधरी । 


शुरुमा उद्योग कसरी सञ्चालन होला, चल्दैन कि भन्ने चिन्ता थियो । त्यसमा पनि दुना–टपरीबाट पैसा आर्जन गर्ने सकिएला र रु भन्ने आशङ्का थियो । तर, अहिले राम्रो आम्दानी गर्न सफल भएका छौँ, फुलकुमारीले भन्नुभयो । 


सबै मिलेर खोलेको हुँदा सामूहिक कामले सफल गराउँदोरहेछ भन्ने विश्वास बढेको बताउनुहन्छ उक्त उद्योग सञ्चालक समितिका सदस्य तेजकुमारी चौधरी । 


“सामूहिक रूपमा खोलिएको दुना–टपरी उद्योगबाट बचत भएको रकम सहुलियत दरमा गाउँमै ऋण लगानी गरेका छौँ”, तेजकुमारी चौधरीले भन्नुभयो । “समूहमा आबद्ध भएका महिलाले छोराछोरीको पढाइ खर्च, औषधि तथा घर खर्च आवश्यक परेमा पैसा निकालेर खर्च गर्छौँ, आफूसँग पैसा भएपछि ल्याएर उद्योगमा दिन्छौँ”, उहाँले भन्नुभयो । 


सदस्य चौधरीका अनुसार अहिले दुना–टपरीको माग निकै बढेको छ । गाउँघर वा शहरबजार जहाँ पनि दुना–टपरी निकै प्रयोग हुने गरेका छन् । तर पनि उद्योगका केही समस्या छन् । पहिला त पातहरू घर नजिकैका जङ्गलमा पाइन्थे तर अहिले तीन÷चार घण्टा पैदल हिँडेर पात ल्याउनुपर्छ, तेजकुमारीले भन्नुभयो । 


त्यस्तै महिलाले खोलेको उद्योग भन्दै सामुदायिक वन र सङ्घ संस्थाबाट मेशिन पनि प्राप्त गरेका छाँै, उहाँले भन्नुभयो । हेर्दा सामान्य लागेता पनि दुना–टपरी उद्योगबाट पनि लाखौँ कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । यी महिलाको सिको अन्य महिलाले पनि गर्ने हो कि ?


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement