फागुन १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भनी सरकारको ध्यानाकर्षण गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छन्
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद कार्कीको प्रश्न छ, ‘सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो ?’
यसैसँग जोडिएर उनी भन्छिन्, ‘नेपाल सरकारको संघीय मन्त्रिपरिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ रु’ टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिएको उल्लेख गर्दै उनले थपिन्, ‘ठूला ठेकेदारको मिलोमतो र दबाव हो ?’
राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथि अपराध भएको उल्लेख गर्दै उनले भनिन्, ‘माननीय भौत्तिक पूर्वाधार मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु– सार्वजनिक निर्माणको यो ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गरियोस् ।’
असार ५, काठमाडौं । कर्णाली सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रदेश...
जेठ २९, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाका लागि निस्शुल्क एक्बुलेन्स सेवा...
जेठ २५,काठमाडौं ।भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको...
जेठ २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन...
जेठ २२, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका...
जेठ १८, काठमाडौं । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । चार दिने भारत...
जेठ १७, काठमाडौं । तर संविधान अनुसार, नागरिकता ऐन संशोधन नहुँदा त्यस्ता नागरिकका सन्ततिले...
जेठ १७,काठमाडौं । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम...
जेठ १७, काठमाडौं ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त...