Advertisement
Advertisement
Advertisement
Advertisement

तिहार नआउँदै फूल फूलेपछि समस्या

  |      15:37:00   |  
वेब तस्विर
वेब तस्विर

कात्तिक १४, पोखरा ।  तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । 

 

पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग रु एक करोड मूल्य बराबर फूलको कारोबार हुने गर्छ । यसवर्ष तिहार आउनु झण्डै दुई साता अगावै फूल फूलेका कारण धेरै कृषकलाई चिन्तित बनाएको छ । फूलको व्यावसायिक खेती विकासका लागि पोखरामा पुष्प परामर्श केन्द्र सञ्चालनमा ल्याइए पनि कृषकले त्यसको उपयोग गर्न नसक्दा समस्या भएको फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वारले बताउनुभयो । 

 

“कास्कीमा फूलखेतीतर्फ केही वर्षयता कृषकको आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “तिहारका लागि पात्रो नहेरी फूल लगाउँदा यसवर्ष धेरै कृषकका नर्सरीमा फूल फूलिसकेका कारण समस्या भएको छ ।” जिल्लामा फूलखेतीतर्फ कृषकको बढ्दो मोहले व्यवसायिकता लिँदै गएको र एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उहाँले जानकारी दिनुुभयो । तिहारलाई लक्ष्य गरी घरको प्रयोजनका लागि पनि फूल लगाउने प्रचलन बढेको पाइन्छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजाका साथै घर आँगन गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ। 

पोखरामा तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको द्वारले बताउनुभयो । तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओमबुद्ध नर्सरी पृथ्वीचोककी सञ्चालिका नरमाया प्रसाईं बताउनुहुन्छ । “तिहारमा धेरैले घरमै फूलाएको माला लगाउने गर्दछन्, यसवर्ष हाम्रो नर्सरीबाट सयपत्री फूलको मात्रै २२ हजार बिरुवा बिक्री भएको थियो,” उहाँले भन्नुभयो । तिहारका साथै दशैं शुरु भएपछि नै बजारमा फूलको माग बढ्ने गरेको उहाँको अनुभव छ । 

 

कास्कीमा पुष्प व्यवसायको विकासलाई लक्ष्य गरी २०६२ मा नै फ्लोरीकल्चर एशोसिएसन गठन भएको संस्थापक अध्यक्ष वसन्त बानियाँले बताउनुभयो । शुरु शुरुमा एक दुईजना मात्रै व्यावसायिक रुपमा फूलखेतीमा लागे पनि पछिल्लो वर्षमा भने वर्षेनी उक्त सङ्ख्या बढ्दै गएको छ । फूलखेतीमा लाग्नेलाई आफूहरूले निरन्तर सहयोग एवं सल्लाह दिने गरेको भए पनि यसवर्ष धेरैले क्यालेण्डरलाई आत्मसात नगर्दा फूल चाँडो फूलेको उहाँको भनाइ छ । सयपत्री फूलको बिरुवा लगाएको ४५ दिनमा कोपिला निस्कन्छ । जमीन र वरपरको तापक्रमले फूल्ने क्रममा तीन चार दिन ढिलोचाँडो पनि हुन सक्छ । 

 

तिहारका लागि सयपत्री पोखरामा नै उत्पादन हुने भए पनि मखमली भने भक्तपुरबाट ल्याउने गरेको बानियाँले बताउनुभयो । पोखरामा सयपत्री फूलको माला रु ३५ देखि रु ४० सम्ममा बिक्री हुने गर्दछ । मखमली फूल रु ४० को हाराहारीमा बिक्री हुन्छ । आगामी वर्षमा क्यालेण्डरलाई आत्मसात गरी फूलको खेती गर्न र सम्बन्धित विज्ञ एवं परामर्श केन्द्रमा सल्लाह लिन बानियाँले कृषकलाई सुझाव दिनुभयो । 

 

यसैबीच फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीले पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही कात्तिक १६ गतेदेखि १९ गतेसम्म पोखरा सभागृह हलको प्राङगणमा चौथो पश्चिमाञ्चल गोदावरी प्रदर्शनी एवं व्यापार मेला गर्ने भएको एशोसिएसनका अध्यक्ष एवं मेला मूलआयोजक समितिका अध्यक्ष सीतामाया रानाले जानकारी दिनुभयो । मेला फूलको महीमा र महत्व बुझ्न महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement