चैत १०, इलाम । सदरमुकामस्थित इलाम नगरपालिकाको गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ ।
डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर स्थानीयवासी १३ वर्षीया देवी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो । डोजर चालक फरार रहेका छन् ।