Advertisement
Advertisement
Advertisement
Advertisement

डोटीको बोगटान फुडिसल गाउँपालिकालाई संस्थागत सुत्केरी गाउँपालिका बनाइने

  |      15:19:00   |  
वेब तस्विर
वेब तस्विर

चैत २५, डोटी । पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने तयारी भएको छ । गाउँपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीबाट दुर्गममा रहेका बस्तीमा पनि स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले वडादेखि दुर्गम गाउँसम्म स्वास्थ्य एकाइ स्थापना गर्दैछौँ, निकट भविष्यमै संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नेछौँ ।” संस्थागत सुत्केरी गाउँपालिका बनाउने योजनानुसार अहिले  गाउँपालिकामा स्वास्थ्यलगायत अन्य काम तीव्ररुपमा अगाडि बढाइएको बताइएको छ ।

 

संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गर्नका लागि बोगटान फुडिसल गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेको दुर्गम गाउँमा यस वर्ष  तीन स्वाथ्य एकाइको शुरुआत गरेको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताउनुभयो ।  दुर्गम गाउँमा स्थापित स्वास्थ्य एकाइबाट सयौंँ स्थानीयवासीले घरमै सेवा पाइरहेको उपाध्यक्ष बमको जिकिर छ । गाउँगाउँमा स्वास्थ्य एकाइ शुरुआत भएपछि अहिले सो क्षेत्रका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थकर्मी बताउँछन् ।


जिल्ला सदरमुकामका अस्पताल तथा स्वास्थ्यचौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाबाट स्थानीयवासी वञ्चित भए पनि गाउँपालिकामा भने स्थानीयवासीले पूर्णरुपमा स्वास्थ्यसेवा पाइरहेको युवा सङ्घका नेता बमबहादुर बमले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement