मंसिर ११, काठमाडौं । ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको आइतबार साँझ उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङ्करले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक उपचार पश्चात् डिस्चार्ज भएका छन् । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।