Advertisement
Advertisement
Advertisement
Advertisement

झापामा क्लोरिन चक्की अभाव

  |      22:23:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ ३, बनियानी । झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ ।  क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको समेत समस्या भएको छ । 

 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको पाँच हजार र युनिसेफले उपलब्ध गराएको पाँच हजार गरी १० हजार क्लोरिन चक्की बाढीपीडितलाई वितरण गरिएको कार्यालयका स्टोरकिपर रमेश खतिवडाले बताए । 

 

त्यस्तै, नेपाली सेनाले कचनवकल गाउँपालिकास्थित केचनाका बाढीपीडितलाई पाँच हजार क्लोरिन चक्की वितरण गरेको छ । ‘क्लोरिन चक्कीको अभाव छ’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले भने, ँपर्याप्त मात्रामा क्लोरिन चक्कीको व्यवस्था गर्न पहल गरिरहेका छौँ ।” 

 

बाढीका समयमा पानीकै कारणले झाडापखाला, आउँ, रुघाखोकी जस्ता समस्या देखिने गरेकाले शुद्ध पानी बनाउन क्लोरिन चक्की अत्यावश्यक हुने कोइरालाले बताए । 


यता, बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले आजदेखि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा आजदेखि साताव्यापी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रमुख कोइरालाले जानकारी दिए । 

 

उनकाअनुसार जिल्लाको अतिप्रभावित क्षेत्र झापा गाउँपालिका, कमल, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा स्वास्थ्य शिविर केन्द्रीत हुनेछ । हाल बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको सातवटा स्वास्थ्य शिविर सञ्चालित छन् । चिकित्सकसहितको चार/पाँच जनाका दरले टोली परिचालन गरिएको प्रमुख कोइरालाले जानकारी दिए । 

 

बाढीपीडितमा ज्वरो, हिलोले हातखुट्टा खाने, रुघाखोकीको समस्या बढी देखिएको उनले बताए । यता, क्षेत्रीय मेडिकल स्टोर विराटनगरले सिटामोल, नेटफर्म, जीवनजललगायत ३२ प्रकारको औषधि पठाएको स्टोरकिपर खतिवडाले जानकारी दिए । रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement