असार ९,काठमाडौं ।बाहिर हिँडेर आउदा तपाईंको जुत्ता गनाएको हुन सक्छ । तपाईंको खुट्टाबाट निस्कने पशिना र मोजाका कारण यस्तो भएको हुनसक्छ । तपाईंको जुत्ता भिजेको छ भने सुकेपछि अझै गनाउँछ ।
यसको उपाय पनि छ, तपाईंले ¥याकमा जुत्ता राख्नुअघि जुत्ताभित्र सेनिटाइजर छर्कनुहोस् र एक (एक वटा ग्रिन टीको ब्याग पनि राखिदिनुहोस् । ग्रिन टीको ब्यागले पशिनाको चिल्लो पनि सोस्छ र गन्ध फैलाउने ब्याक्टोरियालाई पनि हटाउँछ । कागती वा अदुवामिश्रित ग्रिन टी अझै प्रभाकारी हुन्छ । यसले तपाईंको जुत्तालाई फ्रेर्स राख्छ ।