Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा

  |      11:13:00   |  
वेब तस्विर
वेब तस्विर

असार ३१,  चितवन ।  दक्षिण चितवनको माडी नगरपालिका–७ जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा भएको छ । 

 

उक्त वडामा ७८ जना सुत्केरीमध्ये ७५ जना स्वास्थ्य संस्थामै सुत्केरी भएको र तीन जना अस्पताल लैजाने क्रममा बाटोमै सुरक्षित सुत्केरी भएको पाइएपछि ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको माडी नगरपालिकाका स्वास्थ्य संयोजक शिवप्रसाद सुवेदीले जानकारी दिए । 

 

यही असार १३ र १४ गते १६ जनाको सहभागितामा उक्त वडामा स्थलगत अध्ययन भएको थियो । सोही अध्ययन प्रतिवेदनअनुसार ‘जिरो होम डेलिभरी’ वडा भएको पाइएपछि शनिबार उक्त घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उनले बताए । 

 

उक्त वडामा माडीको जगन्नाथपुरी, देवेन्द्रपुर, घाँगर, किर्तनपुर, गोपालनगर र गौरीनगर गाउँ पर्दछ । कुनै पनि स्वास्थ्य संस्था नभएको उक्त वडामा यसरी घोषणा हुनु महत्वपूर्ण उपलब्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले प्रतिक्रिया दिए। “यो शुरुआत हो, अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्छ, यस्ता सन्देश वडावडामा पुगोस्,” उनको भनाइ थियो । 

 

पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्नेमा जोड दिँदै प्रमुख झाले भने,  यसले पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारी नारालाई सार्थक बनाउन मद्त गर्छ । यी सबै सेवा लिँदा एक जना सुत्केरीले विभिन्न समयमा गरेर रु एक हजार ९०० भत्तासमेत पाउने भएकाले यस्ता सन्देशहरु गाउँगाउँ पुर्याउनुपर्नेमा जनस्वास्थ्य कार्यालयको जोड छ । 

 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडा नं ७ को नतिजाले मानिसमा चेतना बढेको पाइएको छ भन्दै माडी क्षेत्रका स्वास्थ्य संस्थाको स्तरोन्नति तर्फ आफू लागेको बताए । जिल्लाको एक तथ्यांकअनुसार अस्पतालमा सुत्केरी हुनेको संख्या ६२ प्रतिशत छ । अझै पहाडी क्षेत्रमा अस्पताल जाने चलन कम छ । अस्पतालमा ढिलो गरी पुग्ने अवस्थाले कतिपय जोखिम हुने गरेको छ । सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement