Advertisement
Advertisement
Advertisement
Advertisement

जबर्जस्ती करणीको मुद्दा बढ्दो

  |      12:09:00   |  
Web : Image
Web : Image

पुस १७, ललितपुर । ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’ मा ललितपुरमा सो विषयको उजुरी सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी गराइएको छ । 

इन्सेकले २०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्म जबर्जस्ती करणीको मुद्दामा कूल ४८ वटा उजुरी दर्ता भएको जनाएको छ । गत वर्ष विसं २०७४ पुस १५ देखि २०७५ पुसको १६ गतेसम्म सो विषयका कूल ३५ वटा उजुरी दर्ता भएको इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्ममा जबर्जस्ती करणी उद्योगमा १६ वटा उजुरी परेका छन् भने २०७४ पुस १५ गतेदेखि २०७६ पुस १६ सम्ममा सो उद्योगमा १० वटा उजुरी परेको थिए ।” विसं २०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्ममा बहुविवाहका १८ वटा उजुरी दर्ता भएका छन् भने २०७४ पुस १५ गतेदेखि २०७५ पुसको १५ सम्ममा १७ वटा सो विषयको घटना दर्ता भएका जानकारी पाएको घिमिरले बताउनुभयो । 

ललितपुर जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले मानवअधिकारको रक्षा गर्ने विषय हरेक मानिसको दिमागबाटै उठ्दा समाजमा हिंसा न्यूनीकरण हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाजमा जतिनै मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गए पनि ललितपुर जिल्ला अदालतमा यो वर्ष एउटा पनि मावन बेचबिखनको उजुरी दर्ता भएको छैन ।” ललितपुरमा बढी बालबालिकाको संलग्नता लागुऔषध र चोरीमा रहेकाले सोको निराकरणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने कालाखेतीले चित्रण गर्नुभयो । 

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता दुर्गा सिंहले नेपालमा मागेरभन्दा भागेर विवाह गर्ने बालबालिकाको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घरपरिवारले छोरा र छोरीबीच भेदभावको व्यवहार नगर्दा, कतै यात्रामा जाँदा सामाजिक सञ्जालमा यता जाँदै छु भनी सूचना सार्वजनिक नगरे मानवअधिकार उल्लङ्घनका घटना कमी आउने देखिन्छ ।” सबै मानिसले समयअनुसार आफैँमा परिवर्तन गरी अघि बढ्दा मानवअधिकारको रक्षा हुने सिंहले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत सीता घिमिरेले मानवअधिकारको प्रत्याभूति गर्न र जनतालाई गुणस्तरीय सामग्री उपभोग गराउन आफूहरुले समयानुकूल बजार अनुगमन गर्ने गरेको बताउनुभयो । ललितपुर बार एशोसिएशनका अध्यक्ष दीपककुमार विष्टले नेपालको संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको सुनिश्चितताका लागि सबैले आआफ्नो कर्तव्य पालना गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाली काङ्ग्रेस ललितपुरका सचिव रविन्स शर्माले जघन्य अपराधका घटनाबाहेक सामान्य मुद्दामा मेलमिलाप हुनुपर्ने जिकिर गर्नुभयो । गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकाराम दाहालले सामाजिक सञ्जालका कारण समाजमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै जाँदा यसको निराकरणको लागि नैतिक शिक्षाको पाठ्यक्रम समावेश गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

सो महासङ्घका पूर्वअध्यक्ष गोपाल सञ्जेलले ललितपुरमा बढ्दै गएको मानवअधिकार उल्लङ्घनका घटनालाई निराकरण गर्न ३ नं प्रदेश प्रमुखको सल्लाह र जवाफको आवश्यकता रहेको औँल्याउनुभयो । ललितपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बस्नेतले समाजमा बढ्दै गएको व्यस्तताका कारण अभिभावकले सन्तानमा ध्यान दिन नसकेका कारण अराजकताको हाबी बढेको गुनासो गर्नुभयो ।

मानवअधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले स्थानीय तह न्यायिक समितिका प्रतिनिधिलाई आफूहरुले मानवअधिकारका सवालमा घच्घच्याएको बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement