जेठ १६, काठमाडौं । आमा मेनकुमारीले छोरा यमबहादुर रोक्काको कविता सङ्ग्रह विमोचन गर्नुभएको छ । काठमाडौँको अनामनगरमा बिमोचन गरिएको उक्त कविता सङ्ग्रहको नाम ‘वान हन्ड्रेड एट’ राखिएको छ । अङ्ग्रेजीमा लेखिएको सो कविता सङ्ग्रहका लेखक यमबहादुर न्यूरो सर्जन हुन् ।
पिस बुक प्रालि, काठमाडौँले प्रकाशन गरेको उक्त कविता सङ्ग्रहमा एक सय आठ कविता समावेश छन् । चिकित्सक यमबहादुरले आप्mनो कर्म गर्दा केही समय बचत गरी कविता लेख्नु भएको हो । उहाँको यो पहिलो कृति हो । कुञ्ज नाटकघर, लेखन कुञ्जका अध्यक्ष कमल ढकालले सो कृतिको समीक्षा गर्नुभएको थियो । डा यमबहादुरले आफ्नो कविता सङ्ग्रहमा पीडा, यथार्थ र विकृतिलाई सचित्र वर्णन गर्नुभएको छ ।