Advertisement
Advertisement
Advertisement
Advertisement

छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई निर्देशन

  |      19:43:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २३, काठमाडौं । महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ । 


समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे निर्देशन दिने निर्णय गरेको हो। 


निर्णयमा देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कारको विस्तृत अध्ययन गरी सूची तयार गर्ने तथा न्यूनीकरणका लागि स्पष्ट कार्यदिशा एवं रणनीति बनाई कार्यान्वयन गर्न गराउन समितिको मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने रहेको छ । 


सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथालाई निर्मूल गर्न तत्काल स्थानीय तहसँग सहकार्य गरी दुई महीनाभित्र परिणाम आउने गरी काम गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने, सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट भएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन प्रभावकारी कार्यान्वयन गर्न, गराउन र त्यसबारे कार्यप्रगति मासिक रुपमा उपलब्ध गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ । 


छाउपडीलगायतका कुरीति, कुप्रथा, कुसंस्कार अन्त्यका लाग कार्यरत गैरसरकारी संस्थाको कार्य मूल्याङ्कन गरी स्थान विशेष एउटा निकायलाई एउटा कार्य तोकी कार्यसम्पादन गर्ने गराउन पनि समितिले निर्देशन दिएको छ । 


बैठकले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्षको रुपमा मनाउन सकिने वा नसकिने सम्बन्धमा एक हप्ताभित्र समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ । 


मन्त्री थापाले समितिले दिएको निर्देशनानुसार देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार न्यूनीकरणका लागि काम गर्ने र योजना बनाएर स्थानीय तहसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


समिति सभापति निरुदेवी पालले सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट स्थलगत अध्ययन प्रतिवेदन मन्त्री थापालाई बुझाउँदै त्यसको उचित कार्यान्वयनका लागि आग्रह गर्नुभयो । 


बैठकले ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने नाराका साथ शुक्रबार मनाउन लागिएको १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नाराको कार्यान्वयनमा सरकार र सम्बन्धित सबै पक्षलाई सफलता मिलोस् भन्दै दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement