Advertisement
Advertisement
Advertisement
Advertisement

चेपाङ बालबालिका कुपोषणको शिकार

  |      19:51:00   |  
वेब तस्विर
वेब तस्विर

चैत ७, भरतपुर । चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो । 


जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहनुभएकी मायाका एक छोरा र एक छोरी महिनौ थला परे । तीन वर्षअघि दुई वर्षको छोरा बिरामी भएपछि लामो समय धामिझाक्रीकोमा जाँदा पनि छोरालाई सन्चो भएन । पछि स्वास्थ्य संस्थामा लगेपछि मात्र थाहा भयो छोरालाई कुपोषण भएको रहेछ । 


तर उहाँले छोरा बचाउन सक्नुभएन । स्वास्थ्य संस्था पुगिसकेपछि मात्र आफ्ना सन्तानले पोषिलो खाना खान नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको उहाँलाई थाहा भयो । उहाँका १२ सन्तानमध्ये ७ छोरी र ४ छोरा छन् । उहाँको जेठी छोरीबाट पनि पाँच सन्तान जन्मिसकेको छ । उहाँको कान्छो छोरा साढे ४ वर्षको भयो । 


“गाँउमा अझै पनि धेरै सन्तान जन्माउने चलन छ”, उहाँले भन्नुभयो, “खाने कुराको अभावकै कारण सानैमा बच्चा मर्ने गरेका छन् ।” इच्छाकामना गाउँपालिका–१ गोलयरकी मैबली चेपाङ ४९ वर्षकी हुनुभयो । उहाँको काखमा छ महीनाको सन्तान छ । उहाँका १२ जना सन्तानमध्ये तीन जनाको मृत्यु भइसकेको छ । 


उनीहरुको सानैमा मृत्यु भएको हो । तर के कारणले आफ्ना सन्तानको मृत्यु भएको भन्नेमा उहाँ अनविज्ञ हुनुहुन्छ । इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङकी साइलीमाया चेपाङको पनि दुई सन्तानको सानैमा मृत्यु भएको छ । “सानैमा रोग लाग्यो साइलीमायाले भन्नुभयो”, के कारणले मृत्यु भयो भन्ने म आफैलाई थाहा छैन् ।” उहाँको साथमा चार सन्तान छन् । उहाँहरुका सन्तान जस्तै अधिकांश चेपाङ बस्तीमा बाल मृत्युदर बढ्दो छ । चेपाङ बस्तीमा बाल मृत्युदर बढ्नुको प्रमुख कारण कुपोषण हो । 


भूबनोट र खाने बानीमा भएको समस्याका कारण बाल मृत्युदर बढेको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार कुपोषणको मुख्य दोष गरीबी नै हो । उहाँ भन्नुहुन्छ, “गरीबीका कारण पेटभरी खान पाउने अवस्था छैन, एउटै घरमा आठ÷दश सन्तान समेत हुने गरेका छन् । अनि कसरी पोषिलो खाना खान पाउनु रु ।” 
इच्छाकामना–१ छाप्राङकी कालिमाया चेपाङ भन्नुहुन्छ, “दिनभर मरिमरी काम ग¥यो बिहान बेलुकाको छाक टार्न धौधौ हुन्छ । अनि कसरी बालबालिकालाई पोषणयुक्त खाना खुवाउने रु” घरमा जे छ त्यही खुवाउने गरेको बताउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य संस्था नजिक नभएकाले पनि आफ्ना बालबालिकामा के रोग लाग्यो भन्ने जानकारी पाउन समस्या भएको छ । चौबीसै घन्टा हाडछाला माटोमा घोटे पनि दुई छाक टार्न पुग्दैन ।” 


भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर कृष्णप्रसाद पौडेलले समग्र जिल्लाको तथ्याङकअनुसार चार बालबालिका मध्ये एक जनालाई कुपोषण हुने गरेको बताउनुभयो । “कुपोषण भएपछि रोगसँग लड्ने क्षमता घट्छ, उहाँले भन्नुभयो, “तर बालबालिकाको मृत्यु हुने अन्य कारण पनि हुन सक्छन् ।” चितवनको पहाडी चेपाङ बस्तीमा कुपोषणको समस्या व्याप्त रहेको उहाँले बताउनुभयो । 


पोषिलो खानेकुरा, सहज रुपमा स्वस्थ्य उपचार नपाएकै कारण बालबालिका कुपोषणको सिकार भएको डा पौडेलको भनाइ छ । गाउँको खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेको उहाँको भनाइ छ । नेपालको पोषणसम्बन्धी राष्ट्रिय नीतिले सन् २०२५ सम्म नेपालमा कुपोषणको दर शून्यमा झार्ने भन्दै सरकारी तथा गैरसरकारी तबरबाट विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिए पनि चितवनको पहाडी चेपाङ गाउँका बालबालिकाको अवस्थाले राष्ट्रिय लक्ष्य पूरा गर्न निकै चुनौती हुने सरोकारवालाको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement