Advertisement
Advertisement
Advertisement
Advertisement

चितवन पूर्ण खोपयुक्त जिल्ला घोषणा

  |      14:30:00   |  
वेब तस्विर
वेब तस्विर

असार ३२, चितवन । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा. गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताएकी छिन्  । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज  सम्बोधन गर्दै उनले केसीका सबै माग पूरा गर्न नसकिने बताएकी हुन् 

केसीका मागप्रति सरकार गम्भीर रहेको भन्दै उनले जायज माग पूरा गर्ने बताए। स्वास्थ्य क्षेत्रको बेथिति रोक्दै जनताको घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पु¥याइने राज्यमन्त्री अर्याालको भनाइ थियो । 

अहिले पनि देशभरका दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नभएको भन्दै उनले ती वडामा स्वास्थ्य सेवा पु¥याउने सरकारको पहिलो प्राथमिकता रहेको बताए । 

फरक प्रसंगमा उनले असारे विकासको परम्परालाई तोड्दै भदौबाटै विकास निर्माणका काम गर्ने परिपाटीको विकास गरिने  बताए । 

कार्यक्रममा सांसद दिलकुमारी, पार्वती रावल, प्रदेश सांसद कृष्ण खनाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा लगायतले बोलेका थिए । 

सो अवसरमा शुरुमा भरतपुर महानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । 

कार्यक्रममा पूर्ण खोपयुक्त जिल्ला बनाउन सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघ संस्थालाई सम्मान गरिएको थियो । 

जिल्लामा पहिलो पटक फूलबारी गाउँविकास समितिमा २०७१ साल असार १८ गते पूर्णखोपयुक्त गाउँ विकास समिति घोषणा गरिएको थियो । महानगरपालिकाको वडा नं. ६ बाहेक १ देखि १२ सम्मका ११ वटा वडालाई पूर्णखोपयुक्त वडा घोषणासँगै महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा गरिएको हो । सो पश्चात् जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो 

जिल्लामा सबै बालबालिकाले ती सबै खोप पाएको सर्वेक्षणबाट देखिएपछि जिल्ला पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले बताए । 

जिल्लामा एक वर्षमा १४ हजार तीन सय बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । हरेक महिना २२७ वटा खोप क्लिनिकबाट २५० खोप सेसन मार्फत् खोप सेवा प्रदान गरिँदै आएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement