Advertisement
Advertisement
Advertisement
Advertisement

चार बलात्कारी रंगेहात पक्राउ

  |      16:24:00   |  
वेब तस्विर
वेब तस्विर

असार ३२,  उदयपुर ।  एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान बस्ने २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक साह र सिरहाको मिर्चैया बस्ने २६ वर्षीय नितेशकुमार साह रहेका छन् । 

जिप्रका प्रमुख नवराज भट्टका अनुसार गएराति ११ बजेको समयमा लहान बजारमा आँप बेच्ने ३५ वर्षीया एक महिलालाई चारैजनाले अपहरण गरेर गाडीमै बलात्कार गर्दै उदयपुरको त्रियुगा नगरपालिका ल्याउँदै थिए । 

बा१४च ६८१७ नं.को स्कार्पियो गाडीमा ती महिलालाई निःवस्त्र अवस्थामा ल्याउँदै गरेका बेला प्रहरी चौकी लालपता उदयपुरका गस्ती प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख भट्टले बताए । 

घटनालगत्तै जिप्रकाबाट घटनास्थलमा पुगेको थप प्रहरीले गाडी, अपराधी र पीडित महिलालाई नियन्त्रणमा लिएको थियो । जिप्रकाले आज पत्रकार सम्मेलन आयोजना गरेर घटनाका बारेमा जानकारी दिएको हो । 

आफू लहान बजारको आँप व्यापारी भएको, राति खाना खान डेरामा जान लाग्दा चारजना पुरुषले बाटो छेकेर जबर्जस्ती गाडीमा चढाएको र मुखमा पट्टी बाँधिदिएर सबैले पालैपालो बलात्कार गरेको पीडित महिलाले आफ्नो बयानमा बताएकी छन् । 

स्वास्थ्य जाँच गराएर अहिले उनलाई महिला प्रहरी एकाइमा सुरक्षित राखिएको छ । उनको स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको पनि प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार पक्राउ गरिएका चार जनाविरुद्ध आजै जिल्ला अदालतमा म्याद थप गरी अपहरण तथा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिँदैछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement