Advertisement
Advertisement
Advertisement
Advertisement

ग्रामीण महिलाको अधिकारबारे नीति बन्दै

  |      23:18:00   |  
ग्रामीण महिलाको अधिकारबारे नीति बन्दै

भदौ २८, काठमाडौँ । ‘गाउँमा महिलाले घाँस काट्छन्, गाईभैँसीको दूध दुहन्छन्, दूध बेचेर पैसा ल्याउँछन्, अनि त्यो पैसा पुरुषलाई दिन्छन् तर, खर्च पुरुषको तजबिजीमा हुन्छ’– राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भगवती घिमिरे भने, ‘लोकतन्त्र ल्याउन हामी महिलाको पनि उत्तिकै भूमिका छ, त्यसैले परिवर्तनको अनुभूति दिलाउन महिलालाई सबै क्षेत्रमा अधिकारको उपभोग गराउनुपर्छ ।’

 

यस्तो विभेदपूर्ण व्यवहार अन्त्यका लागि ग्रामीण महिलासम्बन्धी नीतिको आवश्यकता लामो समयदेखि बहसको विषय बनेपनि अहिलेसम्म जारी हुन नसकेको सन्दर्भमा उक्त नीतिको मस्यौदा ग्रहण गर्दै कावा अध्यक्ष घिमिरेले महिला र पुरुषको समविकासबिना समृद्ध नेपालको परिकल्पना पूरा नहुने बताए। 

 

महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले ग्रामीण महिलासम्बन्धी नीतिको मस्यौदा आज आयोगसमक्ष हस्तान्तरण गरेका थिए । कावा अध्यक्ष घिमिरेलाई मस्यौदाको तयारीमा संलग्न संस्थाहरुका तर्फबाट प्रेरणा संस्थाका कार्यकारी निर्देशक बिमला घिमिरेले मस्यौदा हस्तान्तरण गरे । नेपालका करिब दुई तिहाइ महिला ग्रामीण क्षेत्रमा भौतिक संरचनात्मक विकास र आधारभूत सेवा सुविधाबाट टाढा छन् र उनीहरु कृषिमा आधारित पेशा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका छन् । यिनै विषयलाई समेटेर सो नीतिको मस्यौदा तयार गरिएको हो । 

 

महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन र दिगो विकास लक्ष्यका सवाल पनि नीतिमा समेटिएको छ । हाल नेपालमा करिब ८० प्रतिशत ग्रामीण महिला कृषिमा निर्भर छन् । 

 

सो नीतिका परामर्शदाता रत्नकाजी बज्राचार्यका अनुसार ग्रामीण महिलाका अधिकार व्यावहारिकरुपमा स्थापित गर्न लक्ष्य र रणनीतिहरु समेत सुझाइएको बताए। 

 

उक्त मस्यौदा राष्ट्रिय महिला अधिकार मञ्च र प्रेरणाको प्राविधिक सहयोग तथा आयोगको संयोजकत्वमा भूमि अधिकार मञ्च, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, एक्सन एड नेपाल, सञ्चारिका समूह, रुओन, कृषिका लागि खाद्य अभियान, सामुदायिक सूचना सञ्जाल र विन सहकारीका प्रतिनिधि सम्मिलित समितिले तयार गरेको हो । 

 

अध्यक्ष घिमिरेले ग्रामीण महिलाको समग्र विकास र हितका लागि सो मस्यौदाको कार्यान्वयन आवश्यक भएकाले थप अध्ययन र परिमार्जन गरी नेपाल सरकारसमक्ष सिफारिस गर्ने बताए  । आयोगका सचिव तुल्सीराम सेढाइँले सो नीति तयार हुनु महत्वपूर्ण उपलब्धि भएकाले अब यसलाई आयोगले अघि बढाउने विश्वास दिलाए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement