Advertisement
Advertisement
Advertisement
Advertisement

गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

  |      12:56:00   |  
गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

असोज ६, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । 

 

अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

"गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक पक्षलाई आत्मसाथ गर्दै संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, संस्थाका गतिविधि र उपलब्धि सार्जजनिक गर्ने, तिनको कामलाई संस्थागत गर्ने गर्नुपर्दछ”–राष्ट्रपति भण्डारीले भन्नुभयो । 

राष्ट्रपति भण्डारीले ‘सेवा नै धमै हो’ भन्ने समाजमा प्रचलित, लोकप्रिय उक्तिलाई आत्मसाथ गरी सामाजिक सेवाको क्षेत्रमा सक्रिय रूपमा संलग्न हुन सबैलाई आग्रह गर्नुभयो । 

 

वृद्धवृद्धा हेरचाह, बालबालिका संरक्षण, शिक्षादीक्षा, राहत तथा उद्दार जस्ता परोपकारी कार्यमा सरकारका विभिन्न निकायद्वारा गठित र संरक्षित संघसंस्थाको भूमिकालाई थप परिणामुखी बनाउन नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । 

 

सामाजिक क्षेत्रको विकासमा गैरसरकारी संस्थाबाट गरिएको योगदान सरहानीय रहेको बताउँदै उहाँले गैरसरकारी संस्था उद्धार, कल्याण, आयआर्जन, सामुदायिक विकास सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरण र रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरी आफ्नो भूमिकालाई आम जनसमुदायसम्म पुर्‍याउन सफल भएको उल्लेख गर्नुभयो । 

 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव प्रेमबहादुर राईले सामाजिक सेवामा आवद्ध सामाजिक संघसंस्था पारदर्शी हुनुपर्छ भन्नुभयो । 

 

परिषद्का उपाध्यक्ष लीलामणि बरालले समयसापेक्ष बनाउन समाज कल्याण ऐन २०४९ को सट्टा नयाँ ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । 

 

परिषद्ले यस वर्षको ‘तुलसी मेयर समाज सेवा पुरस्कार’ एबिसी नेपाल नामक संस्थालाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । 

 

त्यसैगरी ‘समाज सेवा पुरस्कार–२०७४’ समाजसेवी शान्ता श्रेष्ठ, संगीता पन्त र विद्याकर खतिवडालगायत सात जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २१ हजार रहेको छ । 

 

कार्यक्रममा समाज सेवामा योगदान पुर्‍याएबापत विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । ‘शान्ति र सम्बृद्धि सबैको चाहना, सामाजिक सेवामा निःस्वार्थ भावना’ भन्ने मूलनाराका साथ परिषद्ले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी सामाजिक सेवा दिवस मनाएको छ । 

 

समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ्ग तथा भूगोलका जनसमुदायलाई सेवा पुर्‍याउने, आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग आवद्ध गराउने उद्देश्यले २०३४ सालमा समाज कल्याण परिषद्को स्थापना भएको हो । 

 

परिषद्ले हाल सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमको सुपरीवेक्षण, अनुगमन, मूल्यांकन र कार्यक्रमको सहजीकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement