Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना माहामारीमा शिखर स्वास्थ्य बीमाले कोभिडको जोखिम कभर गर्दै, महामारीभरि बीमितले कभरेज पाउने

कोरोना माहामारीमा शिखर स्वास्थ्य बीमाले कोभिडको जोखिम कभर गर्दै,  महामारीभरि बीमितले कभरेज पाउने

जेठ २४, काठमाडौं । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिम समेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । 
 

गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका छन् ।
 

शिखरको यो स्वास्थ्य बीमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड १९ बाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले व्यहोरिदिने भएकाले अहिलेको महामारीमा सर्वसाधरणलाई राहात मिलेको छ। 
 

शिखरमा स्वास्थ्य बीमा गर्दा कोभिडको जोखिम पनि कभरेज हुने यो स्किम बीमा उद्योगकै पृथक स्किम पनि हो । यो स्किम खरीद गर्ने बीमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवाअन्तर्गतको दाबीभुक्तानी समेत पाइसकेको कम्पनीले जनाएको छ । 
 

सरकारले ल्याएको कोभिड बीमाको स्किम असारबाट सकिने घोषणा भइसकेको अवस्थामा त्योभन्दा उत्तम स्किमको खोजी गर्नेहरुका लागि शिखरको स्वास्थ्य बीमा राम्रो विकल्प बन्नसक्छ ।
 

शिखरको स्वास्थ्य बीमाको स्किमले कोभिडको मात्र नभई १ हजारभन्दा बढी रोगको जोखिमलाई समेत कभरेज गरिदिने गरेको छ । 
 

निर्जीवन बीमा कम्पनीमै सबैभन्दा पहिला नेपालमा स्वास्थ्य बीमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको छ । जटिल रोग लागे पनि सामान्य रकम प्रिमियम तिर्दा नै महंगो उपचार पाउन संभव हुने यो स्किम शिखरले ९ वर्षअघिदेखि सुरुवात गरेको थियो । 
 

वि.सं. २०६८ मा बीमा समितिबाट अनुमति पाएर शुरु भएको शिखरको स्वास्थ्य बीमा उद्योगकै सर्वाधिक तथा धेरै रोगलाई समेटिएको पहिलो स्वास्थ्य बीमा योजना पनि हो । यो स्किमअन्तर्गत जटिल रोग लागेर महङ्गो उपचार गराउन गाह्रो हुने तथा उपचार गर्न पैसा नभएर समस्यामा पर्ने अवस्थालाई समाधान गर्ने उद्देश्यले शिखर इन्स्योरेन्स कम्पनीेले पारिवारिक, व्यक्तिगत र सामूहिक बीमासँग सम्बन्धित पोलिसी डिजाइन गरेको छ । 
 

यो स्किममा व्यक्तिगत बीमाअन्तर्गत न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्मको सुविधा पाइन्छ, भने ५० हजारदेखि २० लाखसम्म पारिवारिक बीमा र सामूहिक तथा संस्थागत बीमा गर्दा ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ । 
 

यस्तै संस्थागत सामूहिक बीमा गर्न कम्तीमा ५० जना कर्मचारी भएको संस्था तथा समूहलाई मान्यता दिइने गरिएको छ । 
 

तीनमहिने नाबालकदेखि ७० वर्षसम्मका सर्वसाधारणले शिखर स्वास्थ्य बीमामा आबद्धता जनाउन सक्नेछन् । 
 

नेपालमा स्वास्थ्य बीमा गर्ने प्रचलन त्यति धेरै प्रयोगमा नआएको अवस्थामा नै शिखर इन्स्योरेन्सले  भने स्वास्थ्य बीमाको निकै आकर्षक स्किम ल्याएको थियो । शिखरले स्वास्थ्य बीमाको नेपालमा जागरण पैदा गरेको र यो क्रमशः देशबासीमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । 
 

बि.सं. २०६८ भदौ २६ गते पहिलो बीमालेख बिक्री गरेको शिखरले पहिलो वर्ष ३२ वटा बीमा पोलिसि बिक्री गरेबापत ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । स्किमप्रति बढ्दो आकर्षणकै कारण चालु आर्थिक बर्षको ९ महिनासम्ममा १ हजार बढी पोलिसि बिक्रि गरी ५ करोड बढी प्रिमियम संकलन भएको कम्पनीले जनाएको छ । 
 

हाल शिखर इन्स्योरेन्सले १०३ शाखाहरु र घुम्ती बीमा कार्यक्रममार्फत पनि बीमा पोलिसीको सेवा सर्वसाधारणको घरदैलोमै पुगेर प्रवाह गरिरहेको छ । कोभिड संक्रमण फैलिइरहेको अवस्थामा भौतिक रुपमा उपस्थित हुन नसकिने वा नचाहनेले डिजीटल माध्यमबाट पनि शिखरका बीमा पोलिसीहरु खरीद गर्न सकिने च्याटवटको सुविधा उपलब्ध छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement