Advertisement
Advertisement
Advertisement
Advertisement

कुसुण्डा बालिकालाई सहयोग

  |      17:22:00   |  
वेब तस्विर
वेब तस्विर

जेठ १६, दमौली ।अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गर्नुभएको छ । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गर्नुभएको हो ।उक्त रकम नेता जोशीले आज घरमै पुगेर उनकी आमा इन्द्रमायालाई हस्तान्तरण गर्दै  सीमान्तको उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि केही सहयोग गरिएको बताउनुभयो । उहाँले उनको  उच्च शिक्षा अध्ययनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । “एसइईसम्म पढाउनका लागि सम्पूर्ण व्यवस्था भइसकेको रहेछ, उच्च शिक्षाको पढाइका लागि  सम्पूर्ण जिम्मेवारी मैले नै लिने प्रतिबद्धता जनाउँछु”, उहाँले भन्नुभयो।  

सोही वडाको शतिश इङ्लिस बोर्डिङ स्कूलमा ४ कक्षामा अध्ययनरत सीमान्तको स्वास्थ्य र पढाइका लागि आमाको चिन्ता विषयमा राससले पटक–पटक समाचार प्रकाशित गरेको थियो । सीमान्तको एसइईसम्मको पढाइ खर्च वडा नं १० ले लिने प्रतिबद्धता गरेको  यसअघि नै वडाध्यक्ष तुलसीराम सापकोटाले जनाउनुभएको थियो । त्यस्तै उक्त बोर्डिङ स्कूलले समेत सीमान्तको मासिक शुल्कमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । साभ नेपालले उनकोे शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान सञ्चालन गरी एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement