Advertisement
Advertisement
Advertisement
Advertisement

किन भइरहेछ यातनाविरुद्धको कानून बनाउन ढिलाइ ?

  |      23:29:00   |  
किन भइरहेछ यातनाविरुद्धको कानून बनाउन ढिलाइ ?

भदौ २८, काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघीय यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहारविरुद्धको महासन्धिको पक्ष राष्ट्र भएपछि बनाउनुपर्ने कानून तीन वर्षदेखि थन्किएको छ । 

 

गृह मन्त्रालयले विसं २०७१ मा व्यवस्थापिका–संसद्मा पेश गरेपछि राज्य व्यवस्था समितिमा छलफलका लागि पुगेको यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१ पारित हुन सकेको छैन । 

 

यो विधेयक समितिअन्तर्गत गठित उपसमितिमा छलफलका क्रममा छ । उपसमितिले ९० प्रतिशत काम सके पनि सरोकार भएको गृह मन्त्रालयको सुझाव नआएकाले अन्तिम रुप दिन नसकेको संयोजक सांसद जीवनबहादुर शाहीले बताए ।

 

कार्यान्वयन गर्ने मन्त्रालयको सुझावबिना पारित गर्दा अप्ठ्यारो हुनसक्ने भएकाले केही दिन कुरेर भए पनि अन्तिम रुप दिइने भएकाले सहयोग गर्न उनले मन्त्रालयका अधिकारीलाई अनुरोध गर्नुभएको छ । मन्त्रालयका कारण विधेयकलाई अन्तिम रुप दिन समय लागेकाले समितिलाई दोष दिनु नहुने उनले बताए ।

 

बैठकमा सांसदहरु श्याम ढकाल, लोकमणि ढकाल, रवीन्द्रप्रताप शाह र सन्त राईले उपसमितिले धेरै काम सकेकाले बाँकी काम सिध्याउन विधेयक तयार पार्न मन्त्रालयको सहयोग आवश्यक भएका विचार व्यक्त गरे । 

 

आजको बैठकमा उपस्थित मन्त्रालयकी सहसचिव निर्मला अधिकारीले निर्वाचनको महत्वपूर्ण काममा सक्रिय हुनुपरेकाले विधेयकमा सुझाव दिन ढिला भएको बताए ।

 

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सुवास भट्टराई र रक्षा मन्त्रालयका शाखा अधिकृत किरण महर्जनले विधेयक पारित गर्नका लागि आवश्यक सुझाव दिने प्रतिबद्धता जनाए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement