Advertisement
Advertisement
Advertisement
Advertisement

कलाकार कुञ्जनाले मुसहर बालबालिकासँग जन्मदिन मनाइन्

  |      13:17:00   |  
वेब तस्विर
वेब तस्विर

असार १७, बर्दिवास। “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् ।कुञ्जना र उहाँका पति हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइ दिएको दुई वर्षअघिको कुरा सम्झँदै अञ्जलीले फेरि थपिन्–, “हामीलाई मान्छेजस्तो बाँच्न सिकाउने नै तपाईहरु हो, तपाईहरुले बिर्सिदिनु भए हामी टुहुरा हुन्छौँ ।” अञ्जलीमात्र नभई आरती, प्रियङ्का, निशा र आशासहितका १५० जना मुसहर बालबालिका शनिबार कुञ्जनालाई जन्मदिनको शुभकामना दिन तल्लिन हुँदै आफ्ना मनोभाव पोखिरहेका देखिए । 

 

बस्तीका मुसहर बालबालिकालाई धुर्मुस–सुन्तली आएको दिन ठूलै पर्व हुने गर्छ । शनिबार हाँस्यकलाकार कुञ्जना आफ्नो जन्मदिन मनाउन धुर्मुससहित बस्ती आएपछि यहाँका सबै बालबालिका फुरुंग छन् । कुञ्जनालाई आफ्नै करेसाबारीमा फुलेका सयपत्रीका माला गलामा, हरियो दुवो चुल्ठोमा सिउरी दिन, राता अक्षता निधारमा लगाइदिन मुसहर बालबालिका आतुर देखिन्थे । 

 

बालबालिकाको स्वागत ग्रहण गरेकी हाँस्यकलाकार कुञ्जनाले सबै स्कूले नानीलाई कापी, कलम, कोसेली दिनुभयो । “सबै प्रेमका बशिभूत हुँदारहेछन्” कुञ्जनाले बालबालिकालाई मिठाई खुवाउँदै भन्नुभयो–, “तिमीहरुले दिएको मायाले नै मलाई तिमीहरुसँग बसेर जन्मदिन मनाउन यहाँ ल्यायो।” 

 

कुञ्जना जन्मदिन मनाउन बस्ती आएपछि बस्तीका सबैजसो घरमा आज घोङी (एकप्रकारको शंखेकिरा) को तरकारी पाकेको छ । “हाम्रो जलसा (उत्सव)मा घोङी विशेष कुरा हुन्छ” बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले भन्नुभयो, “हाम्रालागि धुर्मुस सुन्तलीभन्दा ठूला मान्छे अरु छन् भन्ने लाग्दैन, आज सबै घरको घोङी उहाँहरुले चाख्नुहुन्छ ।” 

 

२०७२ सालको हिउँदमा बस्तीका ५० घर मुसहरलाई पक्कीघर बनाएर २०७३ साल वैशाख १ गते घर हस्तान्तरण गरेयता धुर्मुस–सुन्तली आफ्नो जन्मदिन मनाउन, मिथिला र मुसहर जातिका चाडपर्व विशेषमा भागलिन यहाँ आउने गर्नुभएको छ । “हामी शुरुमा आउँदा यहाँका बासिन्दा मुण्टो फर्काएर हिँड्थे, साना नानीहरु सिंगानको लत्को झार्दै नाङ्गै कुद्थे” हाँस्यकलाकार धुर्मुसले दुई वर्षअघिको बस्ती सम्झँदै भन्नुभयो–, “अहिले यहाँका सबै बासिन्दा शिष्टाचारपूर्वक अतिथि सत्कार गर्छन्, यहाँका नानीहरु सफासुग्घर भएर स्कूल गएको देख्दा खुशी लाग्छ ।” 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement