Advertisement
Advertisement
Advertisement
Advertisement

कर्मचारीको अभावमा स्थानीय तहमा समस्या

  |      14:33:00   |  
कर्मचारीको अभावमा स्थानीय तहमा समस्या

असार २२, भीमदत्तनगर । जनप्रतिनिधि पाएको वर्षदिन बितिसक्दा पनि आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम कारवाही प्रभावित भइरहेका छन् । 

 

नेपाल पत्रकार महासंघ कञ्चनपुरले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा कञ्चनपुर बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले कर्मचारी अभावकै कारण समस्या भएको दुखेसो पोख्नुभयो । 

 

स्थानीय तहमा कर्मचारी अभावले धेरै काम प्रभावित बनेको छ, उहाँले भन्नुभयो, “ सडक, शिक्षा, खानेपानीलगायत विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं, तर आवश्यक कर्मचारी नहुँदा ती काम प्रभावित भएका छन्।” 


उहाँले दैजी–बेल्डाँडी सडक टेण्डर भएको दुई वर्षमा पनि बन्न सकेको छैन भन्दै “वडा कार्यालय स्थापना गरेर काम कारवाही अगाडि बढाएका छौं तर कर्मचारी अभावका कारण धेरै समस्या भइरहेको छ ।” 

 

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले स्थानीय तहमा सरकारले पठाएको कर्मचारीको संख्या र तीमध्ये आए÷नआएको विवरण पेश गर्दै “सिंहदरबार गाउँमै आएको भनेको छ, हामी जनप्रतिनिधिहरु पनि त्यहीअनुसार सुविधा खोजिरहेका छौँ भन्नुभयो ।” 

 

नगरप्रमुख चन्दले भन्नुभयो, “एक हजार ६०० कर्मचारी सरकारले स्थानीय तहमा खटाउँदा ३०० जनामात्रै खटिएको ठाउँमा आएको स्थिति छ ।” उहाँले कर्मचारीबाट स्थानीय तहलाई असहयोग भइरहेको गुनासो गर्नुभयो । 


शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले धेरै चुनौतीका बीच आफू काम गरिरहेको बताउँदै “हामीले सबै वडामा आवश्यकताअनुसार समानखालको विकासका कार्यक्रम अघि बढाएका छौँ भन्नुभयो ।” उहाँले भन्नुभयो, “त्यसको पारदर्शिता र नगरको सुशासनका विषयमा सञ्चारकर्मीले पनि अनुगमन गरिदिनु पर्छ ।” 

 

सञ्चारमैत्री नगर बनाउने घोषणासहित नगरपालिकाले सञ्चार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि बजेटको व्यवस्थासमेत गरेको नगरप्रमुख ऐरले जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले सिंहदरबार गाउँमा आएसँगै त्यहाँको विकृति पनि गाउँमा आउनसक्नेतर्फ स्थानीय सञ्चारमाध्यम सचेत हुनुपर्नेमा जोड दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement