साउन ३१, काठमाडौं । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएको छ । बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ‘मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको छ ।
प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको छ, अध्यक्ष श्रेष्ठले भने, ‘प्राप्त तथ्यांकअनुसार अहिलेसम्म संङ्घले करिब रु ३० लाख मूल्य बराबरकोे औषधि निःशुल्क प्रदान गरिसकेको छ ।’ रासस