Advertisement
Advertisement
Advertisement
Advertisement

एसिड पीडित पवित्राको दोषीलाई ७ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला

  |      17:37:00   |  
web image
web image

माघ २९, काठमाडौं । काठमाडौंको सीतापाइलामा करिब दुई वर्षअघि एक युवतीलाई कोठा बाहिर बोलाएर भएको एसिड आक्रमणका योजनाकारलाई ७ वर्ष कैद, १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले आइतबार सजाय निर्धारण गर्दै फैसला सुनाएका हुन् ।

 

यसअघि गत साता नै ४८ वर्षीय नेपाली नागरिक मोहम्मद आलम र भारतीय नागरिक फैयाद अन्सारी दोषी ठहर भएका थिए । आलमको योजनामा अन्सारीले एसिड प्रहार गरेका थिए । अन्सारीविरुद्ध ७ वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ ।

 

आलमले ढल्कुस्थित आफ्नो ब्याग गार्मेन्टमा काम गर्ने मजदुरकी बहिनीलाई एसिड आक्रमण गर्न लगाएका थिए । आफूले भनेअनुसार गर्न नमानेपछि ती महिलामाथि एसिड आक्रमण भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

 

यही घटनापछि एसिड आक्रमणसम्बन्धी छुट्टै कानूनको व्यवस्था भएको थियो । अन्सारी र आलमविरुद्ध ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा मनासिव क्षतिपूर्तिको मागदाबी लिएर अभियोगपत्र दर्ता भएको थियो ।

 

२०७७ साउन ११ गते सीतापाइलामा साँझपख उक्त घटना भएको थियो । अधिवक्ता राधिका खतिवडाले यो फैसलाले एसिड आक्रमणका घटना थप नियन्त्रण हुनेमा विश्वास व्यक्त गरिन् ।

 

‘मागदाबीअनुसारकै सजाय भएको छ । मलाई लाग्छ, आगामी दिनमा यस्ता घटना थप नियन्त्रणमा आउनेछन्’, पीडितको तर्फबाट बहस गरेकी राधिकाले भनिन् ।

 

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । उनी उपचारपछि सामान्य अवस्थामा फर्किएकी छन् । उनलाई सरकारले करारमा रोजगारी दिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement