Advertisement
Advertisement
Advertisement
Advertisement

एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला

  |      12:40:00   |  
एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला

असोज ६, पोखरा । तनहुँमा एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला परेको छ । शुक्लागण्डकी ८ को सेती नदीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा गतसाता सेतीमा खसेर बेपत्ता भएकी स्थानिय १९ वर्षीया युवती पवित्रा लम्सालको शव फेला परेको हो । 

सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा नदीमा खसेर बेपत्ता भएकी लम्सालको शब भिमाद ७ स्थित सेती किनारामा भेटिएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए । प्रहरी वरिष्ठ उपरिक्षक केसीका अनुसार उनको शव मंगलबार बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो ।

सेतीमा हाम फाल्नु अघि उनी आफ्ना दुई साथीलाई टिकटक बनाउने बहाना बनाएर त्यहाँ पुगेकी थिइन् । उनी नदीमा खसेपछि संगै गएका साथीहरुले स्थानिय मार्फत प्रहरीलाई खबर गरिएको थियो । 

नदीतर्फ जाँदै गर्दा लम्साललाई साथीहरुले चिच्याउँदै नजान आग्रह गरेको सामाजिक संजालमा भिडियो सार्वजनिक भएको थियो । तर, लम्सालले साथीहरुको आग्रहको बेवास्ता गर्दै सेती नदी किनारमा पसेकी थिइन् । 

उनी बेपत्ता भएपछि प्रहरीले नदी किनारामा खोजी कार्य जारी राखेको थियो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement