Advertisement
Advertisement
Advertisement
Advertisement

उत्कृष्ट वन समूह पुरस्कृत

  |      16:10:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ३,  नुवाकोट ।  जिल्ला वन कार्यालयले जिल्लाभरका सामुदायिक र निजी वनमध्ये राम्रोसँग संरक्षण र व्यवस्थापन गर्ने वन समूहलाई पुरस्कृत गरेको छ । 

कार्यालयले आज विदुरमा कार्यक्रम गरी चारवटा सामुदायिक वन र तीन जना निजी वन सञ्चालकलाई नगदसहित पुरस्कृत गरेको हो । 

सामुदायिकतर्फ विदुर नपा–८ माझी गाउँको माझीगाउँ सामुदायिक वन उपभोक्ता समूह पहिलो, विदुर नपा–११ को कालिकास्थान महिला वन उपभोक्ता समूह दोस्रो, किस्पाङ गाउँपालिका–४ को कन्यास्थान सामुदायिक वन समूहलाई तेस्रो र शिवपुरी गाउँपालिका–४ को गंगादेवी सामुदायिक वनलाई सान्त्वना पुरस्कार प्रदान गरेको छ । 

पहिलो हुनेलाई रु. आठ हजार, दोस्रोलाई रु. छ हजार, तेस्रोलाई रु चार हजार र सान्त्वनालाई रु. दुई हजार नगदसहित पुरस्कृत गरेको हो । 

यस्तै निजी वनतर्फ किस्पाङ गाउँपालिका–१ का घलेलाई रु पाँच हजारसहित पहिलो, पञ्चकन्या गाउँपालिका–५ का रघुवीर तामाङलाई रु पाँच हजारसहित दोस्रो र म्यागङ गाउँपालिका–४ का वाङदोर्जे तामाङलाई रु तीन हजारसहित तेस्रो पुरस्कार प्रदान गरिएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिए । 

जिल्लामा वनको संरक्षण, व्यवस्थापनको कामको मूल्यांकन गरी उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिएको प्रमुख नेपालले बताए। 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पुरस्कार वितरण पछि जिल्लामा वन संरक्षणको काम चुनौतीपूर्ण रहेकाले यसरी राम्रो काम गर्नेलाई पुरस्कृत  गर्दा वन संरक्षणमा सहयोग पुग्ने बताए । 

जिल्लामा ३५० सामुदायिक वन, १८ निजी वन र तीनवटा धार्मिक वन रहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement