Advertisement
Advertisement
Advertisement
Advertisement

उत्कृष्ट कृषक पुरस्कृत, हुमीकुमारीलाई स्वर्णिम प्रतिभा पुरस्कार

  |      16:07:00   |  
वेब तस्विर
वेब तस्विर

असार ८, पाल्पा । निस्दी गाउँपालिकाका तीन जना कृषकलाई उत्कृष्ट कृषक पुरस्कृत गरिएको छ । 

गाउँपालिकाभित्रका तीन जना उत्कृष्ट व्यावसायिक कृषक निस्दी गाउँपालिका कृषि शाखाद्वारा बिहीबार सम्मानित भएका हुन् । पुरस्कृत हुने कृषकमा निस्दी–२ सहलकोटका यमबहादुर मश्राङ्गी, निस्दी–५ गल्धाका शेरबहादुर सोती र निस्दी–७ ज्यामिरेका नरवीर दर्लामी रहनुभएको छ । 

 

पुरस्कृत हुने कृषकलाई गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले नगद रु पाँच÷पाँच हजारसहित दोसल्ला र कदरपत्रले सम्मान गर्नुभयो । कार्यक्रममा अध्यक्ष सारुले गाउँपालिकाको विकासको आधार कृषि र पर्यटन भएको बताउँदै अब व्यावसायिकतातिर उन्मुख हुनु आवश्यक रहेको बताउनुभयो । 

 

हुमीकुमारीलाई स्वर्णिम प्रतिभा पुरस्कार 

हेफर इन्टरनेशनल नेपालले ग्रामीण महिला किसान हुमीकुमारी पाँडे मगरलाई स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरेको छ । हेफर इन्टरनेशनल नेपालको पश्चिमाञ्चल कार्यक्षेत्रका आठ जिल्लाबाट छनोट भई हुमीकुमारी पाँडे मगर पुरस्कृत हुनु भएको हो । 

 

संघीय सासंद दलबहादुर राना, ५ नं प्रदेश सांसद नारायणप्रसाद आचार्य, हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मी, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले संयुक्तरुपमा रु ७० हजारको चेक तथा सम्मानपत्र हस्तान्तरण गर्नुभयो । 

 

पुरस्कृत हुमीकुमारीले हेफर इन्टरनेशनल नेपालबाट उपहारस्वरुप प्राप्त १० वटा बाख्रा, प्राविधिक सहयोग र घाँसबाट दुई वर्षमै व्यावसायिक बाख्रापालन गरी वार्षिक रु अढाई लाख कमाउन सफल हुनु भएको छ । हुमीकुमारीले बंगुरपालन, माछापालनका साथै समाज सेवासमेत गर्दै आउनुभएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement