Advertisement
Advertisement
Advertisement
Advertisement

आमा समूहद्वारा पाहुना घर सञ्चालन

  |      15:35:00   |  
आमा समूहद्वारा पाहुना घर सञ्चालन


फागुन ३०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा महिलाको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ । 


गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुविधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अथितिगृह सञ्चालन गरेको हो । रु बीस लाखमा निर्माण भएको भवनमा गाउँमा भित्र्ने पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको आमा समूहकी अध्यक्ष कमला पुनले बताउनुभयो । 


“पर्यटकको आवास सुविधाका साथै गाउँमा आयोजना हुने भोज र अन्य कार्यक्रमका लागि पनि यो भवनलाई प्रयोग गर्छौं”, अध्यक्ष पुनले भन्नुभयो “होमस्टेको अवधारणाअनुसार पाहुनाघर सञ्चालन गरिएको हो ।” दुई तले भवनको माथिल्लो तलामा २० जना बास बस्न सक्ने क्षमताको सात वटा कोठा छन् । तल्लो तलामा डाइनिङ, भान्छा कोठा र तालीम हल बनाइएको छ । राम्चे अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय र कर्बाकेली पदमार्गमा समेटिएको छ । 


पाहुनाघरको आम्दानी समूहको कोषमा राखेर महिलाको आयआर्जन र सामाजिक गतिविधिमा परिचालन गरिने समूहकी सदस्य देवी गर्बुजाले बताउनुभयो । होटल तथा लजको सुविधा नभएको राम्चे भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई अतिथिगृह सञ्चालन भएपछि बास बस्न व्यक्तिका घर खोज्नु नपर्ने भएको छ । 


भवन निर्माणका लागि तत्कालीन जिविसले रु छ लाख पाँच हजार २८२ र राम्चे गाविसले रु सात लाख ५२ हजार ४०० अनुदान उपलब्ध गराएको थियो । २०७२ मा शुरु भएको भवन निर्माण कार्य यसै महीना सकिएको हो । भवन बनाउन छविलाल गर्बुजा, पिमबहादर गर्बुजा र हेमबहादुर गर्बुजाले जग्गा उपलब्ध गराउनुभएको थियो । 


जिविस र गाविसको अनुदानका अलावा स्थानीयवासी, देश र विदेशमा रहेका राम्चेवासीबाट चन्दा सङ्कलन गरेर भवनलाई पूर्णता दिइएको निर्माण समितिका संयोजक माया पुर्जाले बताउनुभयो । सामुदायिक वन समूहले रु ४० हजार बराबरको काठ उपलब्ध गराएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement