Advertisement
Advertisement
Advertisement
Advertisement

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

  |      10:58:00   |  
वेब तस्विर
वेब तस्विर

असार २७, खोटाङ ।  जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

 

आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना राई, ११ वर्षीया तोयामी राई र ८ वर्षीय नौतन राईलाई पठनपाठनका लागि रु. १५ हजार सहयोग गर्ने निर्णय गरेको हो । 

 

आमाबाबुविहीन बनेपछि नजिकको आफन्त शरणकुमार राईको शरणमा बसिरहेका बालबालिकालाई जिल्ला बाल कल्याण समितिले शैक्षिक क्रियाकलापका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आमा इन्द्रकला राईको २०७२ सालमा तथा बुबा शिवकुमार राईको गत मंसिर २९ गते मृत्यु भएपछि ती बालबालिका विचल्लीमा परेका हुन् । 

 

शैक्षिक सहयोगका लागि परेको निवेदनका आधारमा तीन बालबालिकालाई सहयोग गर्ने निर्णय गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताउनुभयो । 

 

अभिभावकविहीन बनेकी सविना काठमाडौँमा, तोयामी इटहरीमा र नौतनलाई झापामा आफन्तको घरमा राखेर संरक्षण प्रदान गरिएको बताइएको छ ।

 

यसैगरी जिल्ला बाल कल्याण समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका सुस्तमनस्थितिका छात्र÷छात्राको आवास व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको छ । 

 

हाल एउटै कोठामा बसिरहेका कोठा पाटेसन गर्ने, काठको फ्लोरिङ गर्ने, लगाउने कपडा उपलब्ध गराउनेलगायतका लागि रु २५ हजार सहयोग गर्ने निर्णय गरेको हो । 

 

सुस्तमनस्थिति छात्र÷छात्राको आवास व्यवस्थापन, दृष्टिविहीन र बहिरा छात्र÷छात्राको सहयोगका लागि सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयका प्रमुख ठाकुर दाहाल र महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख राईलाई जिम्मेवारी दिइएको छ । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement