झापा । झापा जिल्लाको भद्रपुर र मेचीनगर नगरपालिकाको उपमेयरमा आमाछोरी नै उम्मेदवार बनेका छन् । स्थानीय तहको आशन्न चुनावले झापामा उत्साह छरेको छ । नेपाली कांग्रेसबाट भद्रपुर नगरपालिकामा आमा तारादेवी भुर्तेल र मेचीनगरमा छोरी दुर्गा खतिवडा भुर्तेल उपमेयरका उम्मेदवार बनेका हुन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा आमा र विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा छोरीलाई उठाउने कांग्रेसले निर्णय गरेको छ ।