Advertisement
Advertisement
Advertisement
Advertisement

आमाछोरा एसइईमासँगै

  |      14:36:00   |  
आमाछोरा एसइईमासँगै

–रमेश गिरी 

चैत १०, भक्तपुर । भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त हुनुहुन्छ । यस वर्षको एसइईमा सहभागी हुने भएपछि घरधन्दाका अतिरिक्त उहाँलाई पढाइको चटारो थपिएको छ । 

 

 

उहाँको १६ वर्षको उमेरमा विवाह भयो । हाल एक छोरी र दुई छोराकी आमा आलेमगरको सानोमा पढ्ने रहर पूरा भएन । त्यसैले २०६९ सालबाट आस्था महिला विद्यालयमा भर्ना भएर पढाइलाई निरन्तरता दिनुभयो । बैंकमा खाता खोल्न जादा कर्मचारीले अहिलेको युगमा पनि हस्ताक्षर गर्न आउँदैन भनेर प्रश्न गरे । त्यसले उहाँको मनमा चस्स घोच्यो । पढ्ने स्कुल खोज्ने क्रममा भक्तपुरको गठ्ठाघरस्थित उक्त विद्यालयमा आएर पढ्न शुरु गर्नुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि परीक्षा शुरु हुँदैछ, पढाइको चटारो छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ सम्म पढ्ने धोको छ ।” पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै एसइईमा आस्था विद्यालयबाट १७ वर्षकी किशोरीदेखि ५३ वर्षकी आमाहरुसँगै सहभागी हुनुहुनेछ । 

 

 

मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलतासाथ पूरा गर्न सकिन्छ भन्दै ५२ वर्षीया बेदकुमारी खत्रीलाई पनि परीक्षाको उस्तै चटारो छ । अहिलेका नयाँ पुस्तासँग हामी हजुरआमा उमेरकाले सँगै परीक्षा दिँदा ग्लानी नभई गर्व लाग्ने बताउँदै उहाँ यसले पढाइको महत्वलाई दर्शाउने बताउनुहुन्छ ।यही विद्यालयमा अध्ययनरत ३४ वर्षीया गंगा थापामगर पनि सानोठिमीको एसएस हर्मन माईनर स्कुलमा पढ्ने छोरा रोशनसँग एसइई परीक्षा दिँदै हुनुहुन्छ । आस्था महिला विद्यालयमा भर्ना हुन आमा छोरा स्कुल खाज्दै आएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आमाछोरा स्कुल खोज्दै आएर मैले पढ्न शुरु गरे, अहिले छोरासँगै परीक्षाको तयारी गरिरहेको छु, शुरुमा पढ्नुपर्दैन भन्ने श्रीमान् पनि अहिले खुशी हुनुहुन्छ, यसपछि १२ कक्षा पढ्ने इच्छा छ ।” 

 

 

 

त्यस्तै ४३ वर्षीया विष्णुलक्ष्मी प्रजापति, १७ वर्षीया सोनिका तामाङ, ३० वर्षीय तारा न्यौपाने लगायत १७ जना परीक्षाको तयारी मै हुनुहन्छ । न्यौपाने भन्नुहुन्छ, “आस्था विद्यालयले पढ्ने अवसर दियो, एसइईमा ए वा बि प्लस ल्याउने गरी पढिरहेको छु, पढ्न हुन्न भन्नेहरुलाई उच्च शिक्षासम्म पढेर सरकारी जागिर खाएर देखाउने मेरो लक्ष्य छ ।” 

 

 

गरीबी र आर्थिक अभावका कारण यहाँ पढ्ने अधिकांशको सानै उमेरमा बिहे भएकाले अभावका पढाइ छुटेको बताउनुहुन्छ । यहाँ पढ्ने प्रत्येक महिलाका आआफ्नै किसिमका दुःखका कथा छन् तर पनि उहाँहरुको पढाइप्रतिको लगनशिलता, रुचि र चासोलाई भने कुनै पनि दुःख र अवरोधले छेक्न सकेको छैन। 

 

 

विगतमा १२ वर्षको उमेरमा बन्दुक समातेर सशस्त्र द्वन्दमा होमिनुभएकी ३२ वर्षीया बुद्धिमाया लामालाई बुर्जुवा शिक्षा पढेर काम छैन भन्ने जस्तो लाग्थ्यो । तर अचेल उहाँको सोच बदलिएको छ । उहाँ भन्नुहुन्छ, “ बुबा बेपत्ता हुनुभयो, आमाले छोडेर जानुभयो, म द्वन्दमा लागेपनि २०६० सालमा त्यसलाई त्यागेर बिहे गरे, श्रीमान् विदेश गएपछि मोबाइल चलाउन र बैंकमा जाँदा पढाइ नभएकाले अप्ठ्यारो भएपछि पढ्ने निर्णय गरेपछि अहिले एसइईको तयारीमा छु ।” 


 

 

विसं २०६५ बाट सञ्चालन भएको आस्था महिला विद्यालयबाट सातौँ समूहले एसइई परीक्षा दिइसकेका छन् । यस वर्षको एसइईमा यो विद्यालयबाट १७ जना सामेल हुने विद्यालयका सहायक प्रार्चाय विणा देउजा बताउनुहुन्छ । यो विद्यालय सञ्चालनमा आएपछि सरकारका सचिव, सहसचिव, अधिकृत, शिक्षाका उच्च तहमा रहेका कर्मचारीका श्रीमतीदेखि अरुको घरमा काम गरेर बस्ने किशोरीसमेतले आफ्नो पढ्ने चाहना पूरा गर्दै आएको विद्यालयका संस्थापक प्राचार्य पार्वती ज्ञवाली बताउनुहुन्छ । यहाँबाट उत्तीर्ण भएर गएका महिलाले उच्च शिक्षा अध्ययनदेखि शिक्षण, भेटेनरी लगायतका विभिन्न पेशामा रोजगारीसमेत पाएर नयाँ जीवन पाएको उहाँ बताउनुहुन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement