Advertisement
Advertisement
Advertisement
Advertisement

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

  |      18:46:00   |  
आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

उमा केसी ►

भदौ १६, रोल्पा । बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका बेपत्ता परिवारले चिन्ता व्यक्त गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा देशमै सबभन्दा धेरै नागरिक बेपत्ता भएको भए पनि अझै सम्म उनीहरुको अवस्थाको जानकारी नहुनु दुःखद भएको उनीहरुको भनाइ छ । 

 

आफन्तलाई कसले, किन बेपत्ता बनायो अहिलेसम्म आफूले जवाफ पाउन नसकेको बेपत्ता परिवारका प्रजिना वाँठामगरले बताउनुभयो । देशमा आएको लोकतन्त्रमा बेपत्ता पारिएकाको पनि पसिना मिसिएको उहाँले बताउनुभयो । देशमा राजनैतिक परिवर्तन भएपनि आफूहरु भने लामो समयसम्म बेपत्ताको नातेदार भएर बस्नुपर्दा पीडा हुने गरेको उहाँले बताउनुभयो । बेपत्ताका श्रीमती र छोराछोरीलाई समाजले नराम्रो दृष्टिले हेर्ने गरेको दुखेसो समेत पोख्नुभयो । 

 

हतियार समातेर प्रत्यक्ष युद्धमा सहभागी भएका बेपत्ता निकै कम भएको बताइएको छ । आफन्त माओवादी युद्धमा सहभागी भएका परिवारका सदस्य तथा राजनीतिमा चासो नभएकालाई बढी मात्रामा बेपत्ता पारिएको पीडितले गुनासो गरेका छन् । 

 

नेपाल रेडक्रस सोसाइटी रोल्पाको अभिलेखअनुसार जिल्लामा बेपत्ता हुनेको सङ्ख्या हाल ६४ जना रहेको छ । सुरुवातमा ६७ जना बेपत्ता रहेको तथ्याङ्क भएपनि गजुल, कुरेली र जौलिपोखरीका बेपत्ता भनिएका तीनजना घर फर्केका कारण यो सङ्ख्या ६४ मा झरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अध्यक्ष नौलसिं पुनले जानकारी दिनुभयो । 

स्थानीय शान्ति समितिमार्फत अन्तरिम राहत प्राप्त गरेका बेपत्ता परिवारको सङ्ख्या भने ३३ जना मात्रै छ । पछिल्लो पटक सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बेपत्ता खोजी गरिपाऊँ भनी दिएको निवेदन ११५ जना रहेको मानव अधिकारकर्मी खेम बुढामगरले बताउनुभयो । 

 

२०५९ साल साउनदेखि बेपत्ता भएको छोरा हिराबहादुर बुढाको अवस्था १५ वर्ष बित्दासमेत जानकारी पाउन नसक्दा निकै पीडा हुने गरेको रोल्पा कोटगाउँकी ६० वर्षीया मेघमाली बुढाले दुखेसो पोख्नुभयो । सशस्त्र द्वन्द्वमा सहभागी नभएको आफ्नो छोरालाई राज्यले दाङबाट रोल्पा आउँदै गर्दा बेपत्ता बनाएको उहाँले बताउनुभयो । 

 

काठमाडाँैबाट घर आउँदै गरेको छोरा श्रीमान् सुनारलाई राज्यले २०५९ साल साउनमा बेपत्ता बनाएको भए पनि अहिलेसम्म स्थिति सार्वजनिक नगर्नुले आफूहरु दोहोरो मारमा परेको जंकोट रोल्पाका ६४ वर्षीय दलराज सुनारले बताउनुभयो । बेपत्ता पारिएकाको स्थिति सार्वजनिक गर्न तत्कालीन विद्रोही र सरकार खुला दिलका साथ नलाग्दासम्म सत्य तथ्य पत्ता लगाउन नसकिने नेकपा ९एमाले० रोल्पाका सचिवालय सदस्य मनसिंह डाँगीको भनाइ छ । सशस्त्र युद्धका दुवै पात्र यतिबेला सरकारमा रहेकाले इच्छा शक्ति भए सेकेण्डभरमै समस्या हल हुने डाँगीले बताउनुभयो । 

 

सशस्त्र द्वन्द्वमा प्रभावितमध्ये बेपत्ता परिवारको फरक पीडा रहेकाले यसलाई संवेदनशीलताका साथ लिनुपर्ने नेपाली काँग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यको सुझाव छ । लामो समयसम्म पनि आफन्तको स्थिति सार्वजनिक नगर्दासमेत धैर्यताका साथ बस्नु आफन्तजनको सकारात्मक पक्ष भएको आचार्यले बताउनुभयो । 

 

हातमा बन्दुक लिएर प्रत्यक्ष युद्धमा सहभागी नभएका बेपत्ता भएकाले मानवअधिकारको सम्मान गर्न उनीहरुको स्थिति अविलम्ब सार्वजनिक हुनुपर्ने माओवादी सशस्त्र युद्धका सैन्य कमाण्डरसमेत रहेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढाले बताउनुभयो । 

 

आफू सैन्य कमाण्डर भएपनि युद्धमा अन्तर्राष्ट्रिय कानूनको पालना गरेको स्मरण गर्दै विद्रोही वा राज्य पक्षबाट भएका जघन्य अपराधमा उन्मुक्ति दिन नहुने उहाँको सुझाव रहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement