Advertisement
Advertisement
Advertisement
Advertisement

अब देखि सरकारी सूचना राष्ट्रिय वेभ पोर्टलमा

  |      23:15:00   |  
अब देखि सरकारी सूचना राष्ट्रिय वेभ पोर्टलमा

काठमाडौं। काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी कार्यालय तथा संवैधानिक निकायका सेवा तथा सूचनालाई राष्ट्रिय पोर्टलमा व्यवस्थित गर्न शुरु गरेको छ । 

 

मुलुकमा विभिन्न सरकारी मन्त्रालयबाट भए गरेका कार्य तथा सर्वसाधारणलाई सम्बन्धित कार्यालयका सूचना राष्ट्रिय पोर्टलमा अभिलेख गरिएको छ । इन्टरप्राइजेज सोलुसन कम्पनीले विकास गरेको सफ्ट्वेयरमार्फत केन्द्रले  वेबसाइट सञ्चालनमा ल्याएको छ । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेलो सरकार, आन्तरिक राजश्व विभाग, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंक वैदेशिक विनिमय विभाग र सार्वजनिक खरिद अनुगमन कार्यालय र लोकसेवा आयोगका सूचना, नगरपालिकाका नक्सा, निजामती किताबखानाका कर्मचारी सम्पत्ति विवरणलगायत सेवा तथा सूचना उक्त पोर्टलमा समावेश गरिएको छ । राष्ट्रिय समाचार समितिले यही साउन १ गतेदेखि प्रकाशनमा ल्याएका बुलेटिनसमेत पोर्टलमा राखिएको छ । 

 

यहाँ आज आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले पोर्टलको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा संवैधानिक निकायका प्राविधिकलाई राष्ट्रिय पोर्टल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक सीप र ज्ञानका बारे प्रशिक्षक कृष्ण पाण्डे र वासुदेव राउतले जानकारी गराए। 

 

केन्द्रका कार्यकारी निर्देशक प्रणिता उपाध्याय, सूचना तथा सञ्चार मन्त्रालयका इ मनिष मल्लिकलगायतले समयसापेक्ष सूचना अद्यावधिक गरी सेवाग्राहीलाई उपलब्ध गराउन सकेमा सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। केन्द्रका उपनिर्देशक सुनिल पौडेलले सो विषयलाई राम्रोसँग बुझाउन सहयोगी कक्ष सञ्चालन गरिने जानकारी दिए । रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement