Advertisement
Advertisement
Advertisement
Advertisement

अबको महिला आन्दोलन क्षमता विकासमा केन्द्रित हुन्छ : मन्त्री पद्ममा अर्याल

  |      22:59:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २४, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा आर्यालले अबको महिला आन्दोलन देशको कार्यकारी प्रधानमन्त्री बन्न सक्ने क्षमताको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले संयुक्तरुपमा ललितपुरमा आयोजना गरेको १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘वर्तमान परिस्थितिमा र महिला समानता’ विषयको विचार गोष्ठीमा उहाँले महिलाले समानुपातिक तथा आरक्षणमा नभई खुल्ला प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिनुभयो । 


पूर्वसभामुख ओनसरी घर्तीले सफलता र समृद्धि हासिल नै श्रमिक महिला दिवस भएको बताउँदै पुरुषवादी सोचका कारण अन्धविश्वास तथा कुरीति मौलाएको बताउनुभयो । उहाँले संविधानत लैङ्गिक विभेदको अन्त्य भएको बताउँदै महिला कुरामा नभई काममा अग्रभागमा देखिनुपर्ने बताउनुभयो। 


पूर्वउपसभामुख पूर्णकला सुवेदीले नेपालमा मात्र नभई विश्वमा नै महिला आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको निम्ति महिला अब्बल स्थापित भइसकेको बताउनुभयो । उहाँले सफलता, साहस तथा क्षमता प्रस्तुत गरी राज्यका नेतृत्वदायी स्थानमा पुग्नु नै महिलाको पहिचान भएको बताउनुभयो । 


स्वास्थ्य तथा जनसङ्ख्या समितिका सभापति जयपुरी घर्तीले राष्ट्र निर्माण तथा परिवर्तनमा महिला एक अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले संविधानमा महिलाको हक र अधिकार स्थापित भइसकेको र अब क्रमशः क्षमता विकास भइरहेको बताउनुभयो । 


राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले महिलको एजेण्डालाई स्थानीय तहदेखि नै एजेण्डाको रुपमा केन्द्रसम्म आउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै अध्यक्षले गरेको निर्णयलाई हस्ताक्षर गर्ने मात्र नभई महिलाको परिवर्तन तथा क्षमता विकास प्रस्तुत गर्ने अवसर आएको बताउनुभयो । 


नेकपाको स्थायी कमिटी सदस्य, नेकपा प्रदेश नं ३ को इञ्चार्ज तथा प्रदेश सदस्य अष्टलक्ष्मी शाक्यले नेपाललगायतका मुलुकमा श्रमिक महिलाले अनेकौँ प्रकारका विभेद भोगिरहनुपरेको बताउनुभयो । उहाँले महिला श्रमिकको भाग्य र भविष्य सुरक्षित हुने प्रकारको बाटोमा महिलाले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 


नेकपाका नेता रामेश्वर फुयालले जन्मदेखि मृत्युसम्म नै महिलालाई विभेद हुने गरेको बताउँदै छाउगोठलाई कुनै पनि हालतमा भत्काउनुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले संविधानत प्रमुख र उपप्रमुखमध्येमा महिला एक अनिवार्य व्यवस्था हुनुले महिलाको हक र अधिकार स्थापनाको लागि अहिलेको अवस्थामा सगरमाथाको उचाइसरह उपलब्धि भएको दाबी गर्नुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement