Advertisement
Advertisement
Advertisement
Advertisement

अनिदोमै बित्यो रात

  |      16:56:00   |  
वेब तस्विर
वेब तस्विर

असार २९, भक्तपुर ।  हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । 

 

भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात काटेका हुन् । 

 

टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकामध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न हिलोमा परेपछि बिचल्लीमा परेका छन् । कतिपयले खोला किनाराको आफ्नो बस्ती छाडेर छिमेकीकोमा रात बिताएका छन् भने कतिपय आफन्तको शरणमा पुगेका छन् । 

 

पक्की घर भएकाहरुमध्ये भुइँतलामा बस्नेहरुको अवस्था पनि उस्तै रह्यो । बाढी घटे पनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि रातभर अनिदोमै रात बिताउनुपरेको पीडितले बताएका छन् ।

 

मध्यपुरथिमि राधेराधे बस्ने शर्मिला पाठकले रात अनिदोमै बितेको बताईन् । भाडामा बस्दै आएको उनका परिवारका चारैजनाको रात नसुतिकनै बित्यो । उनले भनिन्, “दिउँसो बाढी घटे पनि कोठाभित्र पसेको पानी घटेन । कोठामा चार फिटमाथिसम्म पानी भरिएको छ । एक्लैले पानी झिक्न सकिँदैन, ओछ्यान, लुगा, खानेकुरा सबै डुब्यो । के खाने, कहाँ सुत्ने पत्तो छैन ।” 

 

यहाँका बस्तीमा भुइँतलामा भाडामा बस्नेहरुको बिचल्ली भएको छ । सँगैका अशोक थापाले भने, “खानेपानीसमेत छैन, पानी ट्याङ्करले पानी वितरण गर्न आएपछि एक भाँडो पानी थापेर राख्यौं । यहाँ धेरैको यस्तै बिचल्ली छ । कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो ।” 

 

निजी पानी तान्ने पम्प हुनेहरुले आज पानी तानेर बाहिर फ्याँके पनि पम्प नभएका धेरैको घरभित्रको पानी दह बनेर बसेको छ । कमेरोटार भाटभटेनी पछाडि तीनतले घरको भुइँतलामा भाडामा बस्दै आएकी सिर्जना श्रेष्ठले भनिन्, “कोठामा पानीसँगै पसेको माटो, हिलो दुई फिटसम्म जमेको छ, भित्र जानेसम्म अवस्था छैन । सुत्ने त कहाँ ? सबै एकै ठाउँमा कोचिएर अनिदोमै रात बिताइयो ।” 

 

व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुइँतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौँका सामान नष्ट भएको छ । थिमिमा सञ्चालित सामसुङ कम्पनीलगायत विभिन्न इलेक्ट्रोनिक्स फर्म, बिक्री पसल, किराना पसल, सिमेन्ट लगायतका निर्माण सामग्री डुबेर नष्ट हुँदा करोडौँको क्षति भएको छ । 

 

खानेपानीको वितरण शुरु 

मध्यपुरथिमि नगरपालिकाको पहलमा खानेपानी मन्त्रालयको निर्देशनअनुसार मध्यपुर थिमिको डुबान क्षेत्रमा आजदेखि खानेपानी वितरण शुरु भएको छ । मध्यपुरथिमिको टोल टोलमा १८ वटा ट्याङ्करबाट खानेपानी वितरण शुरु गरिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । भक्तपुरमा पनि खानेपानी वितरण शुरु भएको छ । 

 

मृतक परिवारलाई रकम हस्तान्तरण 

अविरल वर्षाका कारण आएको पहिरोमा तीन सदस्य गुमाएको पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँका ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा र दुई वर्ष छ महिनाकी नातिनी सम्पदा लामाको मृत्यु भएको थियो । 

 

जिल्ला दैवी उद्धार समितिले आज पीडित परिवारलाई रकम हस्तान्तरण गरेको हो । मानवीय आस्था नेपाल र नेपाल रेडक्रस सोसाइटीले आजदेखि राहत रकम वितरण गर्न थालेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement