काठमाडौं। अनलाइन किनमेलको बढ्दो मागका कारण अनलाइन रिटेल पसलहरूको माग निरन्तर बढिरहेको छ । कपडा, एसेसरिज, गिफ्ट आइटम्स आदिका लागि विभिन्न वेबसाइट उपलब्ध छन् । राम्रो सेवा तथा प्रोफेसनल डिलका कारण उनीहरूले धेरै ग्राहक बनाइसकेका छन् । गुणस्तरीय सेवा तथा अतिरिक्त सेवा दिएर यो व्यवसायमा आफ्ना ग्राहकहरू बढाउन सकिन्छ ।
सोसल मिडिया कन्सल्टेन्ट
ठूल्ठूला कम्पनीहरूले आफ्नो सोसल मिडिया एकाउन्ट खोलेर अपडेट गर्छन् । ग्राहकहरूलाई विभिन्न छुट तथा सेलका अफर पनि प्रदान गर्छन् । सोसल मिडियाको प्रयोग गरेर आफ्नो व्यापार बढाउन सकिन्छ भने उक्त फाइदा उठाउनुपर्छ ।
प्रोफेसनल फ्रिलाइन्सर
लेख्ने रुचि तथा सिर्जनशील लेखन कला छ भने यसलाई आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ । व्यवसायिक हाउसका लागि लेख्ने काम गर्न सकिन्छ । त्यसबाहेक एफिलिएट मार्केटिङ, एप डेभलप्मेन्ट, इन्टरनेट रिसर्च, अनलाइन टेक्निकल सपोर्ट, अनलाइन टिचिङ कोर्सहरू गरेर पनि आफ्नो सीप विकास गरी स्वरोजगारीतर्फ उन्मुख हुन सकिन्छ ।
अनलाइन जबबाट कमाइ
अनलाइन वेबसाइटको सहायताले केही घन्टामै कम मेहनतमा राम्रो कमाइ गर्न सकिन्छ । प्रोग्रामिङ गर्ने जानकारी र आफूमा आर्टिस्टिक क्षमता छ भने सजिलै वेबसाइट बनाउन सकिन्छ । यो एउटा राम्रो विकल्प हुन सक्छ । व्यापार बढाउने चाहना छ भने वेब डिजाइनको कोर्सअन्तर्गत बेसिक डिजाइनिङ, कलर कम्बिनेसन, टायपोग्राफी, फर्म स्पेस तथा डिजिटल इम्प्लिकेसन सकिन्छ ।
वेब डेभलप्मेन्टको कोर्स
यो कोर्सअन्तर्गत बेसिक डिजाइनिङका साथै बेसिक प्रोग्रामिङजस्ता एचटिएल कोडिङ, जाभा स्क्रिप्टिङ एवं सीएमएस सिस्टमको जानकारी प्रदान गरिन्छ ।
कामको अवसर