Advertisement
Advertisement
Advertisement
Advertisement

अटिजमका रोगी बढ्दै गएकामा चिन्ता

  |      14:18:00   |  
वेब तस्विर
वेब तस्विर

असार २२, काठमाडौ । विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन। 

वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान नदिएको सम्बन्धित सरोकारवालाले बताएका छन् । 

 

अटिजम हुनुको कारण वंशाणुगतलाई आधार माने पनि अझसम्म यसको मुख्य कारण पत्ता लाग्न नसकेको अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनीता मलेकु अमात्यले बताउनुभयो । 

 

यस रोगको लक्षणमा बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहो¥याउने र फरक ढंगबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने गर्छन् । 

 

नेपालमा कति बालबालिका यस रोगबाट पीडित छन् भन्नेतर्फ कुनै अध्ययन नभएको तर केन्द्रले सञ्चालन गरेका विभिन्न तालीम र थेरापीमा आएका बालबालिकाको संख्याका आधारमा करीब तीन लाख रहेको केन्द्रको अनुमान छ । 

 

विश्व स्वास्थ्य संगठनले विश्वका एक प्रतिशत जनसंख्यामा अटिजमको समस्या रहेको औँल्याएको छ । दक्षिण कोरियामा हालै गरिएको एक अध्ययनमा त्यहाँका २।६ प्रतिशत व्यक्तिमा अटिजम रहेको पाइएको छ । 

 

‘अटिजम भएका बिरामीका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु नै हो’ डा अमात्यले भन्नुभयो । 

 

अटिजमका लागि औषधि उपचार नभए पनि उनीहरुमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी र औषधोपचार छ प्रयोग गर्ने भने सकिने उहाँको भनाइ छ । 

 

अटिजमका बारेमा अहिलेसम्म कुनै अध्ययन, उपचार केन्द्रको व्यवस्था नभए पनि पहिलोपटक अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई १० प्रकारमा वर्गीकरण गरेकामा नवौँ स्थानमा अटिजमलाई समावेश गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement