साउन १७, काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ स्थित भसुन्थलीमा युवतीको हत्या भएको छ । २८ वर्षीया अनिता चौधरीको चक्कु प्रहार गरेर हत्या भएको छ ।
हत्यामा संलग्न आरोपमा ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए । अनितालाई साउन १४ मा बोहराले चक्कु प्रहार गरेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा अनिताको मृत्यु भएको हो ।
छिमेकमा बस्ने बोहराले राति साढे ९ बजेतिर अनितालाई चक्कु प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अनिल अधिकारीलेजानकारी दिए ।