Advertisement
Advertisement
Advertisement
Advertisement

धुर्मुस–सुन्तुली फाउण्डेशनद्धारा राहत वितरण

  |      16:06:00   |  
धुर्मुस–सुन्तुली फाउण्डेशनद्धारा राहत वितरण

भदौ ९, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । 

 

धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको राहत वितरण कार्यक्रममा जिल्लाभरि बाढीबाट प्रभावित भएका ६० जना अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको सङ्घका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए । 

 

सो संस्थाले उपलब्ध गराएको डस्ना, तन्ना, ब्ल्याङ्केट र ३० केजीका दरले चामल, दुई केजी दाल, दुई केजी खानेतेल, एक कार्टुन चाउचाउ, दाँत माझ्ने मञ्जन तथा पेस्ट लगायतका सामग्री उनीहरुलाई वितरण गरिएको बताइएको छ । खाँडो नदीसहित विभिन्न खोलाको बाढीबाट जिल्लाको अतिप्रभावित रम्पुरामल्हनिया, कोइलाडी बर्साइन, मलेठ, कनकटा, मानराजा, बनरझुला लगायतका ठाउँमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सो राहत वितरण गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ। 

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कटृेलले तराई–मधेशका विभिन्न जिल्लामा बाढीपीडितलाई राहत बाँड्दै बिहीबार सप्तरी आईपुगेका छन् । 
 

जिल्लामा रहेका छजना दृष्टिविहीन, ६ बहिरा, आठ बौद्धिक अपाङ्ग र सुस्तः मनस्थिति भएका व्यक्ति र शारीरिक अपाङ्गता भएका ४० जनालाई राहत वितरण गरिएको समावेशी अपाङ्ग सङ्घ, सप्तरीले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement