Advertisement
Advertisement
Advertisement
Advertisement

धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

  |      19:00:00   |  
धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

भदौ ६, सिन्धुली । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । 

 

कमलामाई नगरपालिका ६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम कट्टेल (धुर्मस)ले बताउनुभयो । 

 

राहत वितरणअघि होटल व्यवसायीले गरेको स्वागत कार्यक्रममा धुर्मसले देशमा अहिले विपत्ति परेको अवस्थामा सबै नागरिक एक ढिक्का भएर देश विकासमा लाग्न आवश्यक छ भन्नुभयो । 

 

परिवारका सदस्य गुमाउनुपर्दाको पीडामा रहेका व्यक्तिलाई सहयोग आवश्यक रहेकाले सज्जन नागरिकले सामाजिक सेवा र मानवीय धर्म निर्वाह गर्नुपर्ने बेला आएको चर्चा गर्दै उहाँले भूकम्पको घाउमा खाटा नबस्दै प्रकृतिले अर्को विपत्ति थपिदिएकाले सबै नागरिक एक भएर विपत्तिको सामना आग्रह गर्नुभयो । 
 

आफ्नो पेशालाई थाती राख्दै सामाजिक कार्य गर्दैआएको छु भन्दै धुर्मुसले जोड दिनुभयो, ँम एउटा देश विदेशमा परिचित कलाकार हुँ, मलाई धुर्मुस भनेर नचिन्ने यो देशमा सायदै कम होलान, तर डोकामा ढुंगा र माटो बोकेर सेवारत हुँदा सायद तपाईहरुलाई लाग्ला पहिचानका लागि तर कलाकारिता मै मैले पहिचान बनाइएकेको छु अब देश र समाजका लागि युवाले केही गर्ने बेला आएको छ । सामाजिक कार्य भनेको सेवा हो, पेशा हैन हामी सबै मिल्यौ भने नेपाल आफैमा सक्षम भएको देखाउन सक्नेछौ।” 

 

२८ गते बिहान २ बजे पहिरोमा घरसहित पुरिएर उदयबहादुर खड्काका एक श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको थियो । धुर्मुसले उदयका आमा ६५ वर्षीय देवीमायालाई कनपा–६ मा रहेको रामेश्वरधाम मन्दिरमा पुगेर भेट गर्दै विपतमा तपाई एक्लै हुनुहुन्न साथ दिने म छु भन्दै अबका दिनमा सुरक्षित आवसको व्यवस्था मिलाउन लाग्ने समेत बताउनुभयो । 

 

धुर्मुसले सुरक्षित आवास तथा पुनःस्थापनाका लागि रु ४० हजार सहयोग गर्नुभएको छ । उदयका परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा बसोवास गर्दै आएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement