Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरीलाई यातायात खर्च

  |      22:31:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १७, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । 

 

गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन पे्ररित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिँदा आमा र बच्चा दुवैको जोखिम न्यून हुन्छ, त्यसैले अब सुरक्षित सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिन्छौँ ।” 

 

वडाले गर्भवती महिलाले चाहेको जुनसुकै अस्पताल जाँदाको एम्बुलेन्स वा एम्बुलेन्ससरहको भाडा दिने निर्णय गरेको हो । यसका लागि वडाले हाल रु एक लाख ५० हजारको कोष बनाएको छ । 

 

नगरपालिका स्वास्थ्य समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष काफ्लेले आउँदो आर्थिक वर्ष नगरका अन्य सबै वडामा सुरक्षित सुत्केरी कोष निर्माण गरी सुत्केरी महिलालाई यातायात खर्च दिने योजना बनाइएको बताउनुभयो । 

 

यसअघि गत पुसमा खानीखोला गाउँपालिका–७ वडाले चौकीमा नियमित गर्भवती स्वास्थ्य परीक्षण गरी सुरक्षित शिशु जन्माउने महिलालाई उनको नवजात शिशु तेल मालिसले स्वस्थ होस् भन्ने उद्देश्यले दुई लिटर तोरीको तेल उपहार दिने निर्णय गरेको थियो । विकट भौगोलिक अवस्थाका कारण धामीझाँक्रीको विश्वास गर्दा महिलाले अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था घटाउन र बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम शुरु गरेको वडाले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement